Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

टाइगर कपमा पुरुषतर्फको फाइनलमा गण्डकी र पुलिस भिड्ने

टाइगर कपमा पुरुषतर्फको फाइनलमा गण्डकी र पुलिस भिड्ने

इच्छाकामना न्युज

१७, माघ २०८२
टाइगर कपमा पुरुषतर्फको फाइनलमा गण्डकी र पुलिस भिड्ने
images

पोखरा, माघ १७ गते । पोखरामा जारी टाइगर कप भलिबलमा पुरुषतर्फको उपाधीका लागि गण्डकी प्रदेश र नेपाल पुलिस क्लब भिड्ने भएका छन् । पोखरा रंगशालास्थित भलिबल कोर्टमा शुक्रबार भएको समूह चरणको अन्तिम खेल पाँचौं सेटमा पुगेपछि गण्डकी र पर्वत भलिबल संघ दुबै फाइनलमा पुगेको घोषणा गरिएको थियो । तर सेट रेसियोमा पुलिस अगाडि भएको भन्दै आयोजनक टाइगर ग्रुप अफ पोखरा नेपालले प्रेस विज्ञप्ति जारी गर्दै फाइनलमा गण्डकी र पुलिसबिच प्रतिस्पर्धा हुने जानकारी गराएको हो ।

images
images

फाइनल खेल घोषणा गर्ने क्रममा प्राविधिक त्रुटिका कारण गलत सूचना प्रवाह हुन गएको थियो । ‘‘मिति २०८२ माघ १७ गते हुने पुरुषतर्फको फाइनल खेल गण्डकी प्रदेश भलिबल संघ र नेपाल पुलिस क्लबबिच हुने आधिकारिक जानकारी गराउदछौं ।,’’ विज्ञप्तिमा भनिएको छ । फाइनल खेल शनिबार दिउँसो २ बजेबाट सुरु हुनेछ । तेस्रो स्थानका लागि पर्वत जिल्ला भलिबल संघ र त्रिभूवन आर्मी क्लब भिड्नेछन् । खेल बिहान ११ बजेबाट सुरु हुनेछ । विजेताले टोलीले ६ लाख ६६ हजार ६६६, उपविजेता हुने टोलीले तीन लाख ६६ हजार ६६६ र तेस्रो हुने टोली दुई लाख ६ हजार ६६६ रुपियाँ पाउने छन् । 

शक्रबार भएको खेलमा न्यु डायमन्ड स्पोर्ट्स क्लबले छैटौं टाइगर कप भलिबलको महिलातर्फको उपाधी जितेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको महिलातर्फको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै न्युु डायमन्डले उपाधी जितेको हो । न्यु डायमन्डले पहिलो सेट २५–११, दोस्रो सेट २५–२२ र तेस्रो सेट २५–१६ ले जित्यो । उपाधिसँगै न्यू डायमन्डले ६ लाख ६६ हजार ६६६ रुपियाँ हात पार्‍यो । फाइनलमा चुकेको पुलिसले ३ लाख ६६ हजार ६६६ रुपियाँमा चित्त बुझायो । तेस्रो बनेको थाइल्यान्ड क्विन्सले दुई लाख ६ हजार ६६६ रुपियाँ पायो । 

images
प्रकाशित मिति :माघ १७, २०८२ शनिवार - ०९:१७:०७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology