Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

आँबुखैरेनीमा कांग्रेसको सम्पर्क कार्यालय स्थापना

आँबुखैरेनीमा कांग्रेसको सम्पर्क कार्यालय स्थापना

इच्छाकामना न्युज

१६, माघ २०८२
आँबुखैरेनीमा कांग्रेसको सम्पर्क कार्यालय स्थापना
images
आँबुखैरेनी (तनहुँ), १६ माघ । नेपाली कांग्रेसले तनहुँ क्षेत्र नं.१ अन्तर्गत आँबुखैरेनी गाउँपालिका वडा नं. ३ स्थित डाँडा टोलमा सम्पर्क कार्यालय स्थापना गरेको छ। स्थानीय तहमा पार्टी संगठनलाई थप सुदृढ बनाउने उद्देश्यसहित स्थापना गरिएको उक्त कार्यालयको उद्घाटन नेपाली कांग्रेसका तर्फबाट तनहुँ क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार गोविन्द भट्टराईले गर्नुभएको हो।
उद्घाटन कार्यक्रममा बोल्दै उम्मेदवार भट्टराईले आगामी प्रतिनिधि सभा निर्वाचनमा आफ्नो जित सुनिश्चित रहेको दाबी गर्नुभयो। उहाँले लोकतन्त्र, संविधानको रक्षा तथा विकास र सुशासनका लागि नेपाली कांग्रेसको जित अपरिहार्य रहेको उल्लेख गर्दै सम्पूर्ण मतदातालाई कांग्रेसको चुनाव चिन्ह रुखमा मतदान गर्न आग्रह गर्नुभयो।
भट्टराईले स्थानीय स्तरमा जनताको समस्या बुझ्दै समाधानतर्फ अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै कांग्रेस नेतृत्वको सरकारले मात्र समावेशी र दिगो विकास सम्भव हुने धारणा राख्नुभयो।
कार्यक्रममा पार्टीका स्थानीय नेता, कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
यसैबीच, आजै उम्मेदवार भट्टराईले आँबुखैरेनी तल्लोबजारबाट घरदैलो अभियान सुरु गर्नुभएको छ। घरदैलो अभियानमार्फत मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै कांग्रेसका नीति, कार्यक्रम तथा प्रतिबद्धताबारे जानकारी गराइने कांग्रेस आँबुखैरेनी गाउँपालिका पार्टी सभापति विजय गुरुङले जानकारी दिनुभयो।
गुरुङका अनुसार आगामी दिनमा गाउँपालिकाका सबै वडामा घरदैलो अभियान सञ्चालन गरिनेछ।

images
प्रकाशित मिति :माघ १६, २०८२ शुक्रवार - १४:३६:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology