Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

बारा हत्याकाण्ड : पर-पुरुषको प्रेममा फँसेकी पत्नी र प्रेमी मिलेर योजनाबद्ध रुपमा श्रीमान र सासुको हत्या

बारा हत्याकाण्ड : पर-पुरुषको प्रेममा फँसेकी पत्नी र प्रेमी मिलेर योजनाबद्ध रुपमा श्रीमान र सासुको हत्या

इच्छाकामना न्युज

१५, माघ २०८२
बारा हत्याकाण्ड : पर-पुरुषको प्रेममा फँसेकी पत्नी र प्रेमी मिलेर योजनाबद्ध रुपमा श्रीमान र सासुको हत्या
images

बारा । बाराको परवानीपुर गाउँपालिका–१ रहरियामा बुधबार बिहान भएको आमा–छोराको हत्या योजनाबद्ध रूपमा गरिएको खुलेको छ । प्रहरीले मृतक रामेश्वर मण्डलकी पत्नी मनिता देवी मण्डल र उनका प्रेमी धर्मेन्द्र महतोलाई मुख्य अभियुक्तका रूपमा पक्राउ गरेको छ ।

images
images

प्रहरीका अनुसार २८ वर्षीय रामेश्वर मण्डल र उनकी ४६ वर्षीया आमा सुमित्रा देवी मण्डलको घाँटी रेटेर हत्या गरिएको हो । प्रारम्भिक अनुसन्धानमा मनिताले आफ्ना प्रेमीसँग मिलेर पति र सासुलाई मार्ने योजना बनाएको खुलेको छ ।

धर्मेन्द्र महतो केही दिनअघि मात्र दुबईबाट नेपाल फर्किएका थिए । उनी फर्किएलगत्तै हत्या भएको भन्दै प्रहरीले यसलाई पूर्वयोजना अनुसार गरिएको अपराध मानेको छ ।

प्रहरीले यो हत्या ‘सुपारी’ दिएर गराइएको हुनसक्ने आशंका पनि गरेको छ । घटनामा धारिलो हतियार प्रयोग भएको र एकभन्दा बढी व्यक्ति संलग्न हुनसक्ने भन्दै थप अनुसन्धान गरिरहेको छ ।

बाराका प्रहरी प्रमुख नरेन्द्र कुँवरका अनुसार मोबाइल कल विवरण, सिसी क्यामरा फुटेज र बयानका आधारमा अनुसन्धान अगाडि बढाइएको छ । घटनामा संलग्न सबैलाई कानुनी कारबाही गरिने प्रहरीले जनाएको छ ।

एकै परिवारभित्र पत्नीले नै पति र सासुको हत्या गराएको आरोप लागेपछि परवानीपुर क्षेत्र स्तब्ध बनेको छ । स्थानीयवासीले दोषीलाई कडा सजायको माग गरेका छन् ।

यो हत्याकाण्ड घरेलु विवादभन्दा धेरै अगाडि बढेर परपुरुष संगको प्रेम, धोका र आफ्नै परिवार सकाउने षड्यन्त्रको डरलाग्दो रूप भएको स्थानियको भनाई छ ।

images
प्रकाशित मिति :माघ १५, २०८२ बिहिवार - ०८:०८:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology