Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

उम्मेदवार छनोटमा चलखेल भएको भन्दै गैँडाकोट–१८ मा सामूहिक राजीनामा

उम्मेदवार छनोटमा चलखेल भएको भन्दै गैँडाकोट–१८ मा सामूहिक राजीनामा

इच्छाकामना न्युज

१०, माघ २०८२
उम्मेदवार छनोटमा चलखेल भएको भन्दै गैँडाकोट–१८ मा सामूहिक राजीनामा
images

काठमाडौँ । आगामी निर्वाचनका लागि उम्मेदवार छनोटमा राजनीतिक चलखेल भएको भन्दै नेपाली कांग्रेस गैँडाकोट नगरपालिका वडा नम्बर १८ का वडा कार्यसमिति सदस्यहरूले सामूहिक राजीनामा दिएका छन् । 

images
images
आसन्न फाल्गुन २१ गतेको निर्वाचनमा उम्मेदवार छनोट प्रक्रियामा ठुलो राजनीति चलखेल भएकोले आजको मिति देखि लागू हुने गरी यस वडामा रहेका सम्पूर्ण समिति तथा भातृ समितिले संयुक्त रूपमा राजीनामा दिएका छौँ, जारी विज्ञप्तिमा भनिएको छ ।

वडामा रहेका महिला सङ्घ, नेविसंघ, तरुण दल र पार्टी वडा समितिले सामूहिक राजीनामा दिएका हुन् । पूर्वी नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसले आधिकारिक उम्मेदवार बालकृष्ण घिमिरेलाई तोकेको थियो । 

616111394_1214999734105491_8852995420939695633_n
 

images
प्रकाशित मिति :माघ १०, २०८२ शनिवार - ०९:०९:१७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology