Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

लमजुङमा अटो दुर्घटना हुँदा ७ जना घाइते

लमजुङमा अटो दुर्घटना हुँदा ७ जना घाइते

लमजुङमा अटो दुर्घटना हुँदा ७ जना घाइते
images

लमजुङ — लमजुङको सुन्दरबजार नगरपालिका–६ र तनहुँको भानु नगरपालिका–११ मानेचौका जोड्ने पक्की पुलमा अटो दुर्घटना हुँदा २ जना बालकसहित ७ जना घाइते भएका छन् ।

images
images

ग १ ह ६० नम्बरको अटो आइतबार दिउँसो सुन्दरबजारबाट मानेचौकातर्फ जाँदै गर्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा तनहुँको भानु नगरपालिका–११ रुपाकोटका ५० वर्षीया सावित्री विक, ७ वर्षीय दिप्सन विक, ३९ वर्षीया सरस्वती विक र २७ वर्षीय सुनिल विक घाइते भएका छन् ।

यस्तै, लमजुङको सुन्दरबजार नगरपालिका–२ की ४९ वर्षीया लक्ष्मी विक, कास्कीको रुपा गाउँपालिका–६ का २ वर्षीय प्रभात गुरुङ र ३६ वर्षीया जुना गुरुङ पनि घाइते भएका छन् ।

घाइतेमध्ये ६ जनाको सुन्दरबजारस्थित एचडीसीएस–नमुना सामुदायिक अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि नयाँ चितवन मेडिकल कलेज रिफर गरिएको अस्पताल प्रमुख हेमन्त श्रेष्ठले बताए । उनका अनुसार सबै घाइतेको टाउकोमा चोट लागेको छ । चालक सुनिल विकको सामान्य उपचार गरिएको छ ।

images
प्रकाशित मिति :माघ ४, २०८२ आइतवार - २०:१८:३३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology