Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

धरहराको बाहिरी संरचनाको निर्माण आज सम्पन्न हुँदै

धरहराको बाहिरी संरचनाको निर्माण आज सम्पन्न हुँदै

images

इच्छाकामना न्युज

२५, फाल्गुण २०७७
धरहराको बाहिरी संरचनाको निर्माण आज सम्पन्न हुँदै
images

काठमाडौं, २५ फागुन । काठमाडौंको सुन्धारामा निर्माण हुँदै गरेको धरहराको निर्माण पूर्ण हुँदैछ । धरहराको २२ तलाको ढलान सकिएर धरहराको गजुर रहने गुम्बज ढलानको काम आज मंगलबार सिधिने रमन कन्सट्रक्सनका आयोजना व्यवस्थापक श्यामचन्द्र श्रेष्ठले जानकारी दिनुभयो । धरहरा भौतिक पूर्वाधारको निर्माणको हिसावले ९५ प्रतिशत काम सम्पन्न भएको निर्माण कम्पनीको भनाइ छ । कन्सट्रक्सनका व्यवस्थापक श्रेष्ठले बाँकी अरु धरहराको बाहिरी र भित्री प्लाष्टर, पार्किङ र संग्रहालयको काम पनि जारी रहेको बताउनुभयो । अबको केही महिना भित्रै सर्वसाधारणले धरहरामा रहेको अत्याधुनिक प्रविधि प्रयोग गरी काठमाडौं अवलोकन गर्न पाउने भएका छन् ।

धरहरा परिसरमा अन्डरग्राउण्ड पार्किङ, खानेपानीको पाइप, टेलिफोन, विद्युतीय लिफ्ट, वाइरिङसहित फिनिसिङ भइरहेको छ । सुरुमा कोरोनाका कारण काममा केही असर परेको भए तापनि अहिले काम निरन्तर भइरहेको छ । कोरोना कारण लकडाउनको समय र दसैं तिहार चाड पर्वको समयमा पनि दिन र रातको समयमा काम भएकाले निर्माणले पूर्णता पाउन लागेको उहाँले बताउनुभयो ।

अहिले बनिरहेको धरहरा विगतमा रहेको धरहराकै शैलीमा बन्दैछ । धरहरामा बालुवा, छड, ईंटा, डण्डी, सिमेण्टको सामग्री प्रयोग गरेर मजुबत तरिकाले बनाइएको छ । तर माथि टपमा भने पुरानै धरहराको गजुर राखिने श्रेष्ठ बताउनुहुन्छ । पुरानै शैलीमा प्रत्येक तलामा झ्याल रहनेछ ।

नयाँ धरहरालाई बालबालिका, जेष्ठ नागरिक र अपाङ्गमैत्री पनि बनाइएको छ । धरोहरा चढ्न दुई वटा लिप्टको व्यवस्था गरिएको छ । गाडी र बाइकको लागि पार्किङको सुविधा रहनेछ । चारसय साना गाडी र सातसय बाईक अट्ने क्षमताको पार्किङ बनिरहेको छ । साथै, खाजा र खाना खाने क्यान्टिनदेखि आराम गर्नको लागि बगैंचा रहनेछ ।धरहरा चढ्न दैनिक तीनदेखि चार हजारको हाराहारीमा पर्यटकहरु आउने एक अनुसन्धानले बताएको व्यवस्थापक श्रेष्ठ बताउनुहुन्छ ।

वि.सं. २०७२ साल वैशाख १२ गते आएको विनाशकारी भूकम्पले ऐतिहासिक मौलिकता बोकेको धरहरा ढलेको थियो । धरहराभित्रै रहेको सुन्धारालाई पहिलाको जस्तो पानी बग्ने बनाइनेछ । नेपालको पहिचान चिनाउने उक्त पुरानो ऐतिहासिक धरहरालाई सफाइ गरेर पुरानै मौलिकतामा प्रयोगमा ल्याइने उहाँले जानकारी दिनुभयो ।

images
प्रकाशित मिति :फाल्गुण २५, २०७७ मंगलवार - ०८:२७:०५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology