Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

पालुङटारमा पुरुषको शव फेला

पालुङटारमा पुरुषको शव फेला

पालुङटारमा पुरुषको शव फेला
images

पालुङटार , माघ ४ गते । गोरखाको पालुङटार नगरपालिका–२, कटहरेमा एक पुरुषको शव फेला परेको छ । आइतबार कटहरेस्थित सडकको नालीमा सिरानचोक गाउँपालिका–४, छोप्राक घर भएका ४५ वर्षीय रामप्रसाद पोखरेलको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

images
images

उहाँका अनुसार स्थानियले सडक किनारको नालीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर प्राप्त हुनसाथ जिल्ला प्रहरी कार्यालय गोरखाको प्रहरी टोली घट्नास्थल पुगी प्रारम्भिक मुचुलका उठाई शव पोस्टमार्टमका लागि भरतपुरको सरकारी अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । 

शवको बाहिरी रूपमा कुनै गम्भीर चोटपटक नदेखिएकाले घट्नाको वास्तविक कारण खुल्न बाँकी छ, प्रहरी नायब उपरीक्षक श्रेष्ठले भन्नु भयो, ‘घट्नास्थल वरपरका स्थानियसँग सोधपुछ गर्नुका साथै मृतकको आवतजावत र पछिल्ला गतिविधिबारे समेत जानकारी सङ्कलन भइरहेको छ ।’

उक्त घटनाकाे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । 

images
प्रकाशित मिति :माघ ४, २०८२ आइतवार - २०:०७:४३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology