Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

नेपाल–अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु

नेपाल–अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु

नेपाल–अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु
images

काठमाडौँ । काठमाडौँको चाबहिलस्थित चलचित्र विकास बोर्डको प्राङ्गणमा १४ औँ संस्करणको ‘नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२६’ सुरु भएको छ । कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेसन र विलक्षण व्रिmयसनको आयोजना तथा चलचित्र विकास बोर्डको सहकार्यमा महोत्सव सुरु भएको हो ।

images
images

बोर्डका अध्यक्ष दिनेश डिसी, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले संयुक्त रूपमा उद्घाटन गर्नुभएको महोत्सव आगामी ५ गतेसम्म चल्ने छ । महोत्सव निर्देशक डब्बु क्षेत्रीले महोत्सवमा नेपालसहित २० देशका ४३ वटा फिल्म प्रदर्शन गरिने बताउनुभयो । उहाँका अनुसार महोत्सवमा चलचित्र प्रदर्शनसँगै अन्तव्र्रिmया कार्यव्रmम, नृत्य कार्यशाला, कला प्रदर्शनी तथा मास्टर क्लाससमेत सञ्चालन गरिने छ । महोत्सवमा १० जना विदेशी चलचित्रकर्मीको सहभागिता रहेको छ । बोर्डका अध्यक्ष डिसीले अफ्रिकासहित विभिन्न देशलाई यो महोत्सवले चलचित्रमार्फत जोड्दै आएको बताउनुभयो । महोत्सवले चलचित्रको विकास र विस्तारमा ठुलो सहयोग पुग्ने उहाँको भनाइ थियो

कुलपति हार्तम्छालीले महोत्सवले विश्वभरका कलाकर्मीबिच ज्ञान आदानप्रदानको अवसर सिर्जना गरेको बताउनुभयो । कुलपति हार्तम्छालीले ललितकला प्रज्ञा–प्रतिष्ठानको तर्फबाट महोत्सव स्थलमा ‘चलचित्र, संस्कृति र प्रकृति’ शीर्षकमा आयोजित चित्रकला प्रदर्शनीमा सहभागी हुँदै त्यसबारे उपस्थित चलचित्रकर्मीलाई जानकारी गराउनुभएको थियो । महोत्सवको पहिलो दिन चलचित्र ‘परान’ प्रदर्शन गरिएको थियो भने सोही दिन बङ्गलादेशको फिचर चलचित्र ‘मेमोरी अफ ग्लुमी मनसुन’ पनि देखाइएको थियो । 

images
प्रकाशित मिति :माघ ४, २०८२ आइतवार - ०९:११:१८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology