Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

बागमती प्रदेश सरकारले ६ महिनामा गर्यो ९ प्रतिशत पुँजीगत खर्च

बागमती प्रदेश सरकारले ६ महिनामा गर्यो ९ प्रतिशत पुँजीगत खर्च

बागमती प्रदेश सरकारले ६ महिनामा गर्यो ९ प्रतिशत पुँजीगत खर्च
images

बागमती । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को छ महिनाको अवधिमा ८ दशमलव ९९ प्रतिशत मात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार प्रदेश सरकारले चालु आव २०८२/८३ को साउनदेखि पुससम्ममा कूल बजेटको करिब १४.१० प्रतिशत खर्च गरेको छ ।

images
images

जुन अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा २.१७ प्रतिशत कम खर्च भएको हो । आव २०८१/८२ को छ महिनाको अवधिमा प्रदेश सरकारले कूल बजेटको १६.२७ प्रतिशत बजेट खर्च गरेको थियो ।

प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयका अधिकृत केशव भण्डारीका अनुसार चालु आव २०८२/८३ को छ महिनाको अवधिमा प्रदेश सरकारले चालुतर्फ २२.४८ प्रतिशत र पुँजीगततर्फ ८.९९ प्रतिशत बजेट खर्च गरेको छ ।

चालु आव २०८२/८३ का लागि प्रदेश सरकारले ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजारको बजेट ल्याएकोमा छ महिना सकिँदा नौ अर्ब ५८ करोड चार लाख ४५ हजार बजेट खर्च भएको उनले बताए ।

विनियोजित बजेटमध्ये सबैभन्दा बढी प्रदेश लोेकसेवा आयोगले ३६.३५ प्रतिशत, मुख्य न्यायाधीवक्ताको कार्यालयले ३०.८० प्रतिशत, प्रदेशसभा सचिवालयले २९.३५ प्रतिशत, श्रम रोजगार तथा यातायात मन्त्रालयले २८.१० प्रतिशत, स्वास्थ्य मन्त्रालयले २६.४३ प्रतिशत, आर्थिक मामिला तथा योजना मन्त्रालयले २५.९१ प्रतिशत बजेट खर्च गरेको छ ।

यस्तै सबैभन्दा कम संस्कृति तथा पर्यटन मन्त्रालयले २.३० प्रतिशत बजेट खर्च गरेको मन्त्रालयले जनाएको छ ।

गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनका कारण प्रदेश सरकारका संरचना क्षतिग्रस्त भएको, प्रदेश सरकारका निकायले राम्ररी काम गर्न नसकेको र बजेट कार्यान्वय हुन सक्दा प्रदेश सरकारको खर्च कम देखिएको अधिकृत भण्डारीले बताए ।

images
प्रकाशित मिति :माघ ३, २०८२ शनिवार - १०:४६:४४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology