Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

भरतपुरमा नेपाल एग्रीटेक इन्टरनेशनल एक्स्पो २०२६ आजदेखि सुरु हुदै

भरतपुरमा नेपाल एग्रीटेक इन्टरनेशनल एक्स्पो २०२६ आजदेखि सुरु हुदै

भरतपुरमा नेपाल एग्रीटेक इन्टरनेशनल एक्स्पो २०२६ आजदेखि सुरु हुदै
images

चितवन / कृषि क्षेत्रको आधुनिकीकरण, यान्त्रीकरण तथा प्रविधि प्रवर्द्धन गर्ने उद्देश्यका साथ ‘नेपाल एग्रीटेक इन्टरनेशनल एक्स्पो’ आज (माघ २ गते) देखि सुरु हुने भएको छ । भरतपुरस्थित चितवन प्रदर्शनी केन्द्रमा आयोजित एक्स्पोको भव्य उद्घाटन आज १० बजे गरिने भएको छ । प्रवेश शुल्क नलाग्ने सा एक्स्पो माघ ४ गतेसम्म चल्नेछ ।

images
images

मिडिया स्पेस सोलुसन्स प्रा।लि। र फ्युचरेक्स ट्रेड फेयर्स एन्ड इभेन्ट्स प्रा।लि।को संयुक्त आयोजनामा हुने यस अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीमा नेपाल, भारत, चीनसहित विभिन्न देशका १०० भन्दा बढी कृषि उपकरण र सेवा प्रदायक कम्पनीहरूको स्टल रहने आयोजकले जनाएको छ । 

एक्स्पोमा कुखुरापालन, मत्स्यपालन, बाख्रापालन, गाई–भैँसी पालन, डेरी व्यवसाय, कृषि औजार तथा उपकरण, पशु चिकित्सा सेवा, खाद्य प्रविधि, कीटनाशक, मल, बीउबिजन, कृषि तालिम र वित्तीय सेवासम्बन्धी विस्तृत जानकारी उपलब्ध हुनेछ।

आयोजकले भनेका छन्, “प्रदर्शनीले देश–विदेशबाट आएका उद्यमी, अनुसन्धानकर्ता, विद्यार्थी, संघ–संस्थाका प्रतिनिधि र कृषकहरूलाई आधुनिक कृषि प्रविधि अवलोकन गर्ने अवसर प्रदान गर्नेछ। सबै स्टलहरू बुकिङ भइसकेका छन्।”

किन आउने एक्स्पोमा ? 

१. आधुनिक कृषि प्रविधि प्रत्यक्ष हेर्ने र सिक्ने अवसर।

२. उच्च उत्पादक बिउ, जैविक मल, कीटनाशक र रोग–व्यवस्थापन उपायको जानकारी।

३. कृषि विशेषज्ञहरूसँग प्रत्यक्ष परामर्श।

४. खेती प्रणाली सुधार र उत्पादन वृद्धि सम्बन्धी सुझाव।

५. बजार पहुँच र नेटवर्किङको अवसर।

६. कृषि उद्यमशीलता र स्टार्टअप प्रवर्द्धन।

७. अनुदान, ऋण र सरकारी योजनाबारे प्रत्यक्ष जानकारी।

८. दिर्घकालीन र वातावरणमैत्री खेती प्रणालीबारे जागरूकता।

प्रदर्शनीमा प्रवेश पूर्ण निःशुल्क हुनेछ। आयोजकका अनुसार, आम कृषक, विद्यार्थी, अनुसन्धानकर्ता तथा कृषि व्यवसायमा रुचि राख्ने जो–कोहीले अवलोकन गर्न सक्नेछन्।

यस अन्तर्राष्ट्रिय प्रदर्शनीमा नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालय र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम प्रवर्द्धकका रूपमा सहभागी छन्। 

त्यस्तै, राष्ट्रिय दुग्ध विकास बोर्ड, नेपाल कृषि सहकारी केन्द्रीय संघ, राष्ट्रिय कृषक समूह महासंघ–नेपाल, गाउँपालिका राष्ट्रिय महासंघ–नेपाल, नेपाल पोल्ट्री महासंघ, च्याउ उत्पादक किसान संघ–नेपाल तथा चितवन उद्योग संघ सहयोगी संस्थाका रूपमा सहभागी हुनेछन्।

एक्स्पोले ज्ञान आदान–प्रदान, प्रविधि हस्तान्तरण र कृषि क्षेत्रमा नवीन सोचको विकासमा एक्स्पोले महत्त्वपूर्ण भूमिका खेल्ने आयोजकको भनाई छ।

images
प्रकाशित मिति :माघ २, २०८२ शुक्रवार - ०९:२७:५४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology