Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

त्रिशूली नदीमा १८ महिना अगाडि हराएको गणपति डिलक्स बस फेला

त्रिशूली नदीमा १८ महिना अगाडि हराएको गणपति डिलक्स बस फेला

इच्छाकामना न्युज

२९, पौष २०८२
त्रिशूली नदीमा १८ महिना अगाडि हराएको गणपति डिलक्स बस फेला
images

मुग्लिङ, पुस २९ गते । त्रिशूली नदीमा १८ महिना अगाडि हराएको गणपति डिलक्स बस फेला परेको छ । 

images
images

सशस्त्र प्रहरी बल, नेपालका केन्द्रीय प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक मनिष थापाका अनुसार बालुवाले पुरिएको अवस्थामा उत्खनन् गर्दै जाँदा गणपति डिलक्स लेखिएको बस मङ्गलबार फेला परेको हो ।

प्रहरीले पुस २८ गते सोमबार त्रिशूली नदीमा गाडिएको बस देखेपछि खोतल्ने काम सुरु गरेको थियो । 

प्रवक्ता थापाले भन्नुभयो, “पुरिएको अवस्थामा रहेको बसको उत्खनन् गर्ने कार्य जारी छ । जुन बस थियो त्यो गणपति डिलक्स भएको यकिन भएको छ ।” यसबाहेक उक्त बस सम्बन्धमा थप विवरण आउन बाँकी रहेको उहाँको भनाइ छ । 

१८ महिना अगाडि चितवनको मुग्लिङ–नारायणगढ सडकखण्ड अन्तर्गत सिमतालबाट पहिरोले दुई वटा बस नदीमा खसालेर बेपत्ता बनाएको थियो । 

वीरगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश- ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडाैँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४१५ नम्बरको गणपति डिलक्स बसलाई लेखोसहितको पहिरोले बगाएर त्रिशूली नदीमा खसालेको थियो ।  

images
प्रकाशित मिति :पौष २९, २०८२ मंगलवार - २३:२५:२६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology