Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

पहिरोले त्रिशुलीमा खसेको बस बालुवामा पुरिएको अवस्थामा फेला, उत्खनन् सुरु

पहिरोले त्रिशुलीमा खसेको बस बालुवामा पुरिएको अवस्थामा फेला, उत्खनन् सुरु

इच्छाकामना न्युज

२७, पौष २०८२
पहिरोले त्रिशुलीमा खसेको बस बालुवामा पुरिएको अवस्थामा फेला, उत्खनन् सुरु
images

मुग्लिन, पुस २७ गते । चितवनको मुग्लिन नारायणगढ सडक खण्डको सिमलतालबाट त्रिशूली नदीमा खसेर हराएको दुई बसमध्ये एउटा फेला परेको छ । 

images
images

नदीमा खसेको अठार महिनापछि आज दुई वटामध्ये एउटा बस नदी किनारमा गाडिएको अवस्थामा फेला परेको हो ।फेला परेको एउटा बसको अगाडिको ड्राइभरतर्फको चक्काको डिस्ट र केही टिनको भाग फेला परेको छ । माछा मार्ने क्रममा स्थानीय रोशन भुजेलले देखेपछि  प्रहरीलाई खबर गर्नुभएको थियो । 

दुर्घटना भएको स्थलबाट करिब तीन सय मिटर तल बसको केही भाग नदी किनारको बालुवामा गाडिएको अवस्थामा फेला परेको हो । 

बसको अवशेष खोतल्ने काम प्रहरीले गरेको छ । घटनाको थप विवरण आउन बाँकी छ । चितवन प्रहरीका प्रवक्ता रविन्द्र खनालले गडिएको अवस्थामा फेला परेको बस गत वर्ष पहिले बगाएको हो होइन भन्ने विषयमा अनुसन्धान भैराखेको जानकारी दिएको छ । 

२०८१ असार २८ गते भरतपुर महानगरपालिका–२९, सिमलतालमा बिहान ३ बजे  पहिरोले बगाउँदा त्रिशूलीमा खसेर २ वटा यात्रुबाहक बस खसेर  बेपत्ता भएक थिए ।

 वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बसलाई लेदोसहितको पहिरोले बगाएर त्रिशूली नदीमा सोहोरेको थियो ।

६५ जना रहेको दुई वटा बसमा तीन जना घाइते अवस्थामा फेला परेका थिए । ११ जनाको मृत्यु भएको शबव फेला परेको थियो  ५१ जना बेपत्ता भएका थिए । बस खोज्न भारतबाट समेत गोताखोर आएका थिए । 

images
प्रकाशित मिति :पौष २७, २०८२ आइतवार - ११:५४:२२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology