Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

सिक्किमका मुख्यमन्त्री पिएस गोलेद्वारा मनकामनामा पूजाआजा

सिक्किमका मुख्यमन्त्री पिएस गोलेद्वारा मनकामनामा पूजाआजा

इच्छाकामना न्युज

२५, पौष २०८२
सिक्किमका मुख्यमन्त्री पिएस गोलेद्वारा मनकामनामा पूजाआजा
images

मनकामना । सिक्किमका मुख्यमन्त्री पिएस गोले (प्रेमसिँह तामाङ)ले गोरखाको मनकामना दर्शन गर्नुभएको छ । बिहिबार बिहान नौ बजे काठमाडौंबाट मनकामना आइपुग्नु भएको उहाँले करिब एकघण्टा दर्शन तथा पूजाआजा गर्नुभएको हो ।

images
images

मुख्यमन्त्री गोलेलाई मनकामना क्षेत्र विकास समितिले स्वागत गरेको थियो । मुख्यमन्त्रीको टोलीमा १५ जना सहभागी हुनुहुन्थ्यो ।

मनकामना दर्शन, पूजाआजापछि मुख्यमन्त्री गोलेले मुख्य पुजारी इन्सान थापा, मनकामना क्षेत्र विकास समितिका अध्यक्ष काजीबाबु श्रेष्ठ, कार्यकारी निर्देशक अञ्जन बस्न्यातलगायतसँग भेटघाट गर्नुभएको थियो । उक्त भेटमा उहाँले मनकामना मन्दिर तथा यस क्षेत्रको विकासमा योगदान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको कार्यकारी निर्देशक बस्न्यातले जानकारी दिनुभयो ।

मुख्यमन्त्री गोले केही बेर स्थानीय मनकामना हिल क्रेस्टमा आराम गरी काठमाडौं फर्कनुभएको छ । 

images
प्रकाशित मिति :पौष २५, २०८२ शुक्रवार - ०९:०४:०९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology