Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

सुपर खुदी हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन

सुपर खुदी हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन

इच्छाकामना न्युज

२५, पौष २०८२
सुपर खुदी हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन
images

काठमाडौं। सुपर खुदी हाइड्रोपावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज पुस २५ गते अन्तिम दिन हो।

images
images

कम्पनीले पुस २२ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १ लाख ५५ हजार कित्ता सेयर निष्काशन गरेको हो। यस आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ।

आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी ग्लोबल आईएमई क्यापिटल लिमिटेडले लिएको छ।

नेपाल धितोपत्र बोर्डले पुस ६ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो। कम्पनीले कुल ३१ करोड रुपैयाँ बराबरको ३१ लाख कित्ता साधारण सेयर निष्काशन गर्ने योजना बनाएको छ।

images
प्रकाशित मिति :पौष २५, २०८२ शुक्रवार - ०८:५२:५१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology