Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
२०८३, कार्तिक १८ गते
images

अमेरिका : १६ वर्षीय किशोरसँग यौन सम्पर्क गरेको आरोपमा ४३ वर्षकी महिला पक्राउ

अमेरिका : १६ वर्षीय किशोरसँग यौन सम्पर्क गरेको आरोपमा ४३ वर्षकी महिला पक्राउ

images

एजेन्सी

२५, पौष २०८२
अमेरिका : १६ वर्षीय किशोरसँग यौन सम्पर्क गरेको आरोपमा ४३ वर्षकी महिला पक्राउ
images

अमेरिकाको फ्लोरिडामा १६ वर्षीय किशोरसँग यौन सम्पर्क गरेको आरोपमा ४३ वर्षीया महिलालाई प्रहरीले पक्राउ गरेको छ। अमेरिकी सञ्चारमाध्यमका अनुसार गिरफ्तार गरिएकी ती महिलाको नाम मेरी इबारा हो। घटना गत डिसेम्बरमा खुलासा भएको थियो।

जब किशोकी आमाले उसको मोबाइल फोन हेरिन्, तब उनले भिडिओमा आफ्ना छोरासँग यौन क्रियाकलाप गरिरहेको अवस्थामा चिनजानकै इबारालाई देखिन्। 

यसपछि प्रहरीले अनुसन्धान थाल्यो। किशोरको मोबाइलमा थप भिडिओ भेटियो। जसमा ती महिलाको अनुहार स्पष्ट देखियो। सबैभन्दा पुरानो भिडिओ डिसेम्बर ४ रातिको थियो। किशोरले पनि प्रहरीलाई भिडिओको केटा आफू नै भएको बतायो।

यसपछि प्रहरीले इबारालाई सोधपुछ गर्‍यो। तर उनले घटना अस्वीकार गरिन् र धेरै बोल्न चाहिनन्। अनि प्रहरीले उनलाई यही जनवरी ५ मा गिरफ्तार गरेको हो। उनीविरुद्ध एक नाबालिगसँग गैरकानुनी यौन सम्बन्ध गरेको आरोपमा अनुसन्धान भइरहेको छ। 

images
प्रकाशित मिति :पौष २५, २०८२ शुक्रवार - ०८:४६:१४ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology