Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

एक सय १५ थान भरुवा बन्दुक बरामद

एक सय १५ थान भरुवा बन्दुक बरामद

इच्छाकामना न्युज

१८, पौष २०८२
एक सय १५ थान भरुवा बन्दुक बरामद
images

साधन घर्ती, म्याग्दी (दरबाङ) । जिल्ला प्रहरी कार्यालय म्याग्दीले जिल्लाका विभिन्न स्थानमा अवैध रूपमा लुकाइछिपाइ राखिएका ११५ थान अवैध भरुबा बन्दुक बरामद गरेको छ । ग्रामीण क्षेत्रमा बन्यजन्तुको शिकारमा प्रयोग भइरहेको बन्दुक आसन्न प्रतिनिधिसभा निर्वाचनलाई प्रभावित बनाउन सक्ने जोखिमलाई मध्यनजर गरी जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको अवैध भरुबा बन्दुक खोज अभियानअन्तर्गत एक सय १५ थान बन्दुक फेला पारिएको हो ।

images
images

जिप्रका म्याग्दीले जिल्लाभरका यूनिटलाई परिचालन गरी मङ्सिर १५ गतेदेखि ‘ब्राभो शेरा’ नाम दिएर इजाजत प्राप्त नगरेका भरुवा बन्दुक बरामद तथा सङ्कलन अप्रेशन चलाएको थियो । निर्वाचनका बेला स्थानीयले लुकाइराखेको हतियार प्रयोगमा आउन सक्ने भन्दै विभागले बरामद गर्न परिपत्र गरेपछि खोजतलास अघि बढाइएको प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले बताउनुभयो । उहाँका अनुसार, एक महिनाको अवधिमा बेनी नगरपालिकाबाट ११ थान, अन्नपुर्ण गाउँपालिकाबाट १६, रघुगङ्गा गाउँपालिकाबाट ४८ थान, मङ्गला गाउँपालिकाबाट १४ थान, मालिका गाउँपालिकाबाट २० थान, धवलागिरी गाउँपालिकाबाट ६ थान भरुवा बन्दुक बरामद गरिएको छ ।

उहाँले भन्नुभयो, ‘‘प्रहरीको खोज अभियानमा स्थानीय समुदायले पनि साथ दिनुभएको छ ।’’ शुक्रबार बिहान आयोजित पत्रकार सम्मेलनमा गोप्य सूचनाको आधारमा खोजतलास गर्दै जाँदा जिल्लाभित्र भरुवा बन्दुकको प्रयोग गरी सामुदायिक, राष्ट्रि«य र निकुञ्ज क्षेत्रमा अवैध रुपमा चोरीशिकारीमा समेत न्युनिकरण गर्न सघाउने प्रहरीको भनाइ छ ।

बरामद गरिएका बन्दुकमध्ये कसैको पनि लाइसेन्स नभएको अवस्थाका रहेका थिए । खोजतलासका क्रममा स्थानीयले भरुवा बन्दुक कसैले प्रयोग गर्न नमिल्ने पुराना घरमा र कसैले जङ्गलमा लुकाइराखेको अवस्था फेला परेको थियो । जिल्लाका विभिन्न स्थानमा अझै पनि धेरै भरुवा बन्दुक रहेको आशङ्कामा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :पौष १८, २०८२ शुक्रवार - ११:१८:०१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology