Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

एमाले चुनावमा ३६ मतदाता अनुपस्थित, ककसले हालेनन् भोट?

एमाले चुनावमा ३६ मतदाता अनुपस्थित, ककसले हालेनन् भोट?

एमाले चुनावमा ३६ मतदाता अनुपस्थित, ककसले हालेनन् भोट?
images

काठमाण्डौ । नेकपा एमालेको एघारौँ महाधिवेशनमा कुल २ हजार २ सय ६३ प्रतिनिधिमध्ये ३६ जनाले नयाँ नेतृत्व चयनका लागि भएको चुनावमा भोट हालेनन्। एमालेको केन्द्रीय निर्वाचन आयोगका अनुसार जम्मा २ हजार २ सय २७ मत मात्रै खसेको हो। ३६ जना मतदाता भने विभिन्न कारण मतदानमा सहभागी हुन नसेको आयोगले जनाएको छ।

images
images

एमाले निर्वाचन आयोगका अनुसार मतदानमा मुकुन्द न्यौपाने, वसन्त नेम्बाङ, बालकुमार काउछा, ब्रिजेश गुप्ता, राजकुमार गुप्ता, दानबहादुर विक, हिरबहादुर राजवंशी, पोस्टकुमार नेपाल, सरस्वती गौतम, सर्वतलाल राजवंशी, प्रदीपराज प्याकुरेल, समीर नेपाल, रचना राजाेपाध्य, अशाेक केसी, घनश्याम कोइराला, सिर्जना नेपाली, अषिम कोइराला,दिनेश बास्तोला, बालुका बेलबासे, गिरिराज बेलबासे, राजेश अर्याल, मीना पाेखरेल, तेजकुमार विक, पल्लबराज भट्ट, तिलक रिजाल, गोमा नेपालीलगायत उपस्थित हुन नसकेका हुन्।

एमाले निर्वाचन आयोगका सचिव डा कुन्साङ लामाका अनुसार हिजो बुधबार बिहान ९:२० बजे विद्युतीय भोटिङ मेसिनमार्फत सुरु भएको मतदान आज बिहान ७ बजे आसपास सम्पन्न भएको हो।

अब मतगणना गर्ने तयारी भइरहेको उनले जानकारी दिए। बिहान साढे ७ बजेतिर उनले भने, ‘अब आधा घन्टापछि मतगणना सुरु होला, गणना सुरु भएको २ घन्टाजतिमा परिणाम आउला।’

एमालेको नयाँ नेतृत्वका लागि हालका अध्यक्ष केपी ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानलसहित प्रतिस्पर्धामा छन्। दुवै प्यानलमा नपरेकाहरूले स्वतन्त्र रूपमा समेत उम्मेदवारी दिएका छन्।

images
प्रकाशित मिति :पौष ३, २०८२ बिहिवार - ०९:५८:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology