Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

किराञ्चोक स्वास्थ्य चौकीलाई गजुरी गाउँपालिकाद्धार एम्बुलेन्स हस्तान्तरण

किराञ्चोक स्वास्थ्य चौकीलाई गजुरी गाउँपालिकाद्धार एम्बुलेन्स हस्तान्तरण

इच्छाकामना न्युज

२७, आश्विन २०७७
किराञ्चोक स्वास्थ्य चौकीलाई गजुरी गाउँपालिकाद्धार एम्बुलेन्स हस्तान्तरण
images

गजुरी, २७ असोज
धादिङको गजुरी गाउँपालिका–८ मा रहेको किराञ्चोक स्वास्थ्यचौकीलाई एम्बुलेन्स हस्तान्तरण गरिएको छ। आज मङ्गलबार एक कार्यक्रमको बीच गाउँपालिकाका अध्यक्ष राजेन्द्र वक्रिम बस्नेत र उपाध्यक्ष सिता ढङ्गानाले सयुक्त रुपमा सञ्चालक समितीलाई एम्बुलेन्स हस्तान्तरण गर्नु भएको हो। 
गत आर्थिक वर्षको बजेटमा रु १५ लाख बिनियोजन गरिए पनि टेन्डर मार्फत रु १० लाख ९७ हजार ८ सय ४८ मा एम्वुलेन्स खरिद गरेर हस्तान्तरण गरिएको गाउँपालिकाका सुचना अधिकारी विवेक नेपालले जानकारी दिनुभयो।
आफ्नो चुनाबीपत्रमा नै साविकको गजुरी, किराञ्चोक र पिंडा गाविसको लागि एक/एक वटा एम्बुलेन्स खरिद गर्ने र ८ वटै वडामा स्वास्थ्य इकाई सञ्चालन गर्ने प्रविबद्धता गरेकोले अब तिन वटै गाविसमा एम्वुलेन्स पुगेको र सबै वडामा स्वास्थ्य इकाई सञ्चालन भइसकेको गाउँपालिकाका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतले जानकारी दिनुभयो।
त्यस्तै गरि कार्यक्रममा उपाध्यक्ष सिता ढुङ्गानाले गजुरी गाउँपालिकाले जनअपेक्षा अनुरुप काम गर्दै गएकोले चुनावमा गरेको प्रतिवद्धताहरु पुरा गर्दै गएको बताउनुभयो। एम्बुलेन्स सञ्चालनमा आएपछि साविकको तिन वटै गाविसका विषेश गरि गर्भवती महिलालाई प्रसुतीको समयमा सहज हुने पनि उपाध्यक्ष ढुङ्गानाले बताउनुभयो।
वडा नम्बर ८ का वडा अध्याक्ष राजकुमार ढुङगानाको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष राजेन्द्र विक्रम बस्नेत, उपाध्यक्ष सिता ढङगाना, प्रमुख प्रशासकिय अधिकृत राजन घिमिरे, वडा नम्बर ७ का वडा अध्यक्ष  केशव अधिकारी, स्वास्थ्य संयोजक डा. रामहरी रेग्मी लगाएतको उपस्थ्तिि रहेको थियो।

images
images

images
प्रकाशित मिति :आश्विन २७, २०७७ मंगलवार - १५:२४:३६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology