Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

पशुपतिनाथ मन्दिरमा हुने सन्ध्या आरतीमा समेत भ्रष्टाचार !

पशुपतिनाथ मन्दिरमा हुने सन्ध्या आरतीमा समेत भ्रष्टाचार !

इच्छाकामना न्युज

१९, मंसिर २०८२
पशुपतिनाथ मन्दिरमा हुने सन्ध्या आरतीमा समेत भ्रष्टाचार !
images

काठमाडौँ : तीन पटक पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव भइसकेका व्यक्तिको मिलेमतोमा पशुपतिनाथ मन्दिरमा हुने दैनिक आरती निजी क्षेत्रलाई दिइएको खुलासा भएको छ।

images
images

आरती व्यवस्थापनका लागि कोषको रकम खर्च हुने तर दैनिक आरतीबाट उठ्ने रकम भने समितिको नाममा मात्रै जाने गरेको भन्दै यसअघि विभिन्न अध्ययन समितिहरूले आरती कोषमार्फत नै सञ्चालन गर्नुपर्ने सुझाव दिँदै आएका छन्।

१८ वर्षदेखि निजी समिति हाबी

अख्तियार दुरुपयोग अनुसन्धान आयोग र महालेखापरीक्षकको सुझावविपरीत आरती १८ वर्षदेखि निजी समितिकै कब्जामा छ।

तत्कालीन सदस्यसचिव गोविन्द टण्डनले २१ साउन २०६४ मा 'श्री पशुपतिनाथ एवं बाग्मती गङ्गा आरती सेवा समिति'लाई आरतीको सम्पूर्ण जिम्मा दिएका थिए। त्यसयता सो समितिले बागमती किनारामा नित्य सन्ध्या आरती सञ्चालन गर्दै आएको छ।

images
प्रकाशित मिति :मंसिर १९, २०८२ शुक्रवार - ०८:४३:५२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology