Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

चितवनको खैरहनीमा गाईको मासु काट्दै गर्दा ६ जना पक्राउ

चितवनको खैरहनीमा गाईको मासु काट्दै गर्दा ६ जना पक्राउ

इच्छाकामना न्युज

१५, मंसिर २०८२
चितवनको खैरहनीमा गाईको मासु काट्दै गर्दा ६ जना पक्राउ
images

चितवन । चितवनमा गाईको मासु काट्ने ६ जना पक्राउ परेका छन् । खैरहनी नगरपालिका १०  बडगाउँ स्थित केराबारी भित्र गाईको मासु काट्दै गरेको अवस्थामा ६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

images
images

प्रहरीका अनुसार आज (सोमबार) दिउँसो १ः५० बजे इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी नायब निरिक्षक उज्वलराज चितुवालको कमाण्डमा खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो । हाल घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

images
प्रकाशित मिति :मंसिर १५, २०८२ सोमवार - २१:०६:३५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology