Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

तमु धिं नेपाल कास्कीको कार्यालय उद्घाटन

तमु धिं नेपाल कास्कीको कार्यालय उद्घाटन

इच्छाकामना न्युज

१५, मंसिर २०८२
तमु धिं नेपाल कास्कीको कार्यालय उद्घाटन
images

पोखरा । तमु धिं नेपाल अन्तरगत गठित कास्की जिल्ला समितिको कार्यालयको सोमवार उद्घाटन गरिएको छ। तमु धिं नेपाल केन्द्रिय प्रसासनिक भवनको माथिल्लो तल्लामा स्थापना गरिएको जिल्ला कार्यालयको कार्यक्रमका प्रमुख अतिथि तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले उद्घाटन गर्नुभएको हो। 

images
images

कार्यक्रम उद्घाटन समारोहमा प्रमुख अतिथि तमु धिं नेपालका अध्यक्ष गुरुङले सामुदायिक एकता, हित र अधिकारका लागि उद्घाटित कार्यालयबाट उदाहरणीय कार्यहरु हुने अपेक्षा गर्नुभयो। उहाँले तमु धिं नेपालका स्थापनाको ऐतिहासिकता, तमु एकता, अधिकार र संस्थागत जिम्मेवारीका बारेमा प्रष्ट पार्नुहुदै तमु धिं नेपालद्धारा आउदो पुस १४ देखि १६ गतेसम्म पोखरा १ बगर, पुरानोटुंडिखेलमा आयोजना गरिने तमु ल्होछार महोत्सव २०८२ भव्य बनाउन सबै जुट्न आग्रह समेत गर्नुृभयो। 

591280580_1204065348301796_674270958974508429_n.jpg

तमु धिं नेपाल कास्की जिल्ला समितिका अध्यक्ष प्रेमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्याङजा जिल्ला अध्यक्ष बालकुमार गुरुङ, पर्वत जिल्ला अध्यक्ष प्रभु गुरुङ, माछापुच्छ«े गाँउपालिका अध्यक्ष दुर्गाबहादुर गुरुङ, केन्द्रीय आमा समिति अध्यक्ष पवित्रादेवी गुरुङ, केन्द्रिय युवा समिति उपाध्यक्ष सुदर्शन गुरुङले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने स्वागत कास्कीका उपाध्यक्ष यज्ञप्रसाद गुरुङ र संचालन रेशु गुरुङले गर्नुभएको थियो। 

यसै विच कास्की जिल्लाले नवउद्घाटित कार्यालयमा तमु ल्होछार महोत्सवको तयारी बारे बैठक सम्पन्न गरेको छ भने स्याङजा र पर्वतले पनि ल्होछार मनाउने साथै महोत्सवको बारे तयारी गरेको छ।

images
प्रकाशित मिति :मंसिर १५, २०८२ सोमवार - २०:५६:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology