Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

नेकपा एमालेको ११ औँ महाधिवेशनका लागि चितवनबाट सर्वसम्मत प्रतिनिधि छनौट

नेकपा एमालेको ११ औँ महाधिवेशनका लागि चितवनबाट सर्वसम्मत प्रतिनिधि छनौट

इच्छाकामना न्युज

१४, मंसिर २०८२
नेकपा एमालेको ११ औँ महाधिवेशनका लागि चितवनबाट सर्वसम्मत प्रतिनिधि छनौट
images

चितवन ।  नेकपा (एमाले) को ११औँ महाधिवेशनका निम्ति  चितवनबाट प्रतिनिधि सर्वसम्मत छनौट भएका छन् ।     क्षेत्र नम्वर १ बाट खुल्लातर्फ कमलराज पाठक, यादबप्रसाद पाठक, गोविन्द प्रसाद कँडेल र जगन्नाथ आचार्य चयन भएका छन ।

images
images

यस्तै महिलातर्फ चन्द्रादेवी तामाङ, शान्ति चौधरी र विमला दुवाडी प्रतिनिधि चयन भएका छन । क्षेत्र नम्वर १ बाट युवातर्फ उत्तम सेढाई प्रतिनिधि चयन भएको नेकपा एमाले चितवनले जनाएको छ ।

यस्तैे चितवन क्षेत्र नम्वर २ बाट खुल्लातर्फ डा.तिलचन्द्र भट्टराई, तेजेन्द्र खड्का, शंकर अधिकारी, केशव लामा र पदमपाणि सुवेदी तथा महिला तर्फ बिमला लामा, इच्छा त्रिपाठी र गीता श्रेष्ठ प्रतिनिधि चयन भएका छन । चितवन क्षेत्र नम्वर २ बाट युवा तर्फ प्रकाश आचार्य प्रतिनिधि चयन भएको नेकपा एमाले चितवनले जनाएको छ ।  

यस्तै क्षेत्र नम्वर ३ बाट खुल्लातर्फ रामप्रसाद न्यौपाने, प्रकाश ढुंगाना र कृष्णप्रसाद भुर्तेल, महिलातर्फ सरस्वती बिष्ट र निशा अधिकारी तथा युवातर्फ प्रकाश भट्ट प्रतिनिधि चयन भएका छन । यस्तै उत्पीडित कलष्टरबाट श्यामलाल बिक सर्वसम्मत प्रतिनिधि छनोट भएको एमाले चितवनले जनाएको छ ।

images
प्रकाशित मिति :मंसिर १४, २०८२ आइतवार - १०:०३:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology