आँबुखैरेनी । तनहुँको आँबुखैरेनीमा रहेको आँबुखैरेनी क्याम्पसमा मास्टर डिग्री कार्यक्रम संचालनको लागि आँबुखैरेनी सेवा समाजले नगद ५० हजार ७५ रुपैयाँ प्रदान गर्ने भएको छ ।
समाजका अध्यक्ष मनोज कुमार श्रेष्ठले भने, “उच्च शिक्षाको पहुँच विस्तार गर्न र क्याम्पसको शैक्षिक गुणस्तर सुधार गर्न यो पहल गरियो। यस सहयोगले मास्टर तह सञ्चालन तयारीलाई थप सहज बनाउने विश्वास छ।”
विद्यार्थी, शिक्षक र स्थानीय समुदायले समाजको यस कदमलाई सकारात्मक रूपमा स्वागत गरेका छन्।