Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

गोरखाको शहिद लखन र गण्डकी गापा सहित ६ वटा स्थानीय तहमा आजदेखि कोरोना खोप लगाउदै

गोरखाको शहिद लखन र गण्डकी गापा सहित ६ वटा स्थानीय तहमा आजदेखि कोरोना खोप लगाउदै

इच्छाकामना न्युज

२३, फाल्गुण २०७७
गोरखाको शहिद लखन र गण्डकी गापा सहित ६ वटा स्थानीय तहमा आजदेखि कोरोना खोप लगाउदै
images

गोरखा, २३ फागुन । कोरोना खोप लगाउने दोस्रो चरणको पहिलो अभियान आजदेखि गोरखामा सुरु हुँदैछ । उक्त अभियानमा ६५ वर्ष उमेरमाथिका जेष्ठ नागरिकलाई मात्र खोप लगाईने स्वास्थ्य कार्यालय गोरखाका निमित्त प्रमुख नरजंग ठकुरीले बताए ।
सरकारले यस अघि ५५ वर्ष उमेर माथिका जेष्ठ नागरिक, शिक्षक, सार्वजनिक यातायातका चालकलाई खोप लगाउने निणर्य गरेपनि खोपको सीमितता र प्राथमिकताका आधारमा जेष्ठ नागरिकलाई पहिले लगाउने निणर्य गरिएको कार्यालयले जनाएको छ ।

images
images

‘चुमनुब्री गाउँपालिका भित्रचाहिँ ५५ वर्ष माथिका जेष्ठ नागरिकलाई कोरोना खोप लगाइन्छ’ उनले भने ‘अन्य १० वटा पालिकामा भने ६५ वर्ष उमेर माथिका जेष्ठ नागरिकलाई खोप लगाईनेछ ।’ फागुन २३ देखि २५ सम्म गोरखा, पालुङटार नगरपालिका, शहीदलखन, गण्डकी, सिरानचोक र अजिरकोट गाउँपालिकामा खोप लगाईनेछ । फागुन २७ देखि २९ सम्म भीमसेन थापा, बारपाक सुलिकोट, आरुघाट, धार्चे, चमुनुबी गाउँपालिकामा खोप कार्यक्रम संचालन हुने स्वास्थ्य कार्यालयले जनाएको छ ।
दोस्रो चरणको पहिलो अभियानमा १५ हजार नौ सय ८१ जनालाई खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालयका कोल्डचेन निरीक्षक ऋषिराम खत्रीले बताए । ‘एक सय सात खोप केन्द्रमा सात सय ४७ जना स्वयंसेवक खोप लगाउनमा खटिनेछन्’ उनले भने । चुमनुब्री गाउँपालिकामा ५५ वर्ष उमेर माथिका एक हजार ४५ जनाले खोप लगाउने अनुमान कार्यालयको छ । दुर्गम भेग भएकाले पटक पटक खोप ढुवानी गर्न, केन्द्र सम्म जान समस्या हुन सक्ने भन्दै चुमनुब्रीमा अहिले नै ५५ वर्ष उमेर माथिकालाई खोप लगाउने निणर्य गरिएको हो । ‘खोपको उपलब्धताको आधारमा पनि यो निणर्य भएको हो’ कार्यालयका निमित्त प्रमुख ठकुरीले भने ।

त्यस पछिको अभियानमा अन्य पालिकामा पनि ५५ वर्ष उमेर कटेका, सार्वजनिक सवारीका चालक, शिक्षकहरुलाई खोप लगाईनेछ । नजिकको वडा कार्यालयमा रहेको स्वास्थ्य संस्थामा उमेर खुल्ने प्रमाण पत्र लिएर खोप लगाउन जानुपर्ने स्वास्थ्य कार्यालयले जनाएको छ । हरेक वडाको स्वास्थ्य संस्थामा खोप केन्द्र रहेको र ति बाहेक सिरानचोक गाउँपालिका भित्र दुईवटा, बारपाक सुलिकोटमा एक, धार्चेमा चार र चुमनुब्रीमा छ वटा केन्द्र थप गरिएको छ ।

यसअघि पहिलो चरणमा गोरखामा चार हजार २४ जनाले कोरोना खोप लगाएका थिए ।

images
प्रकाशित मिति :फाल्गुण २३, २०७७ आइतवार - ०८:१७:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology