Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

शहिद लखन थापास्तरीय राष्ट्रपति रनिङशिल्ड तेस्रो पटक पनि रामेश्वरी माविलाई

शहिद लखन थापास्तरीय राष्ट्रपति रनिङशिल्ड तेस्रो पटक पनि रामेश्वरी माविलाई

इच्छाकामना न्युज

४, मंसिर २०८२
शहिद लखन थापास्तरीय राष्ट्रपति रनिङशिल्ड तेस्रो पटक पनि रामेश्वरी माविलाई
images

घैरुङ । लगालग तीनपटक शिल्ड जितेपछि सहिदलखन गाउँपालिकास्तरीय प्रथमसहिद लखन थापा मगर स्मृति राष्ट्रपति रनिङशिल्ड रामेश्वरी मावि बुंकोटले प्राप्त गरेको छ । तीनपटक जित्नेले शिल्ड पाउने व्यवस्था अनुसार सो विद्यालयले शिल्ड हात पारेको हो ।पालिकाको शिक्षा शाखाको आयोजनामा यही सोमबार मंगलबार र बुधबार सञ्चालित प्रतियोगिता १३ पदक जित्दै रामेश्वरी माविले शिल्ड जितेको हो ।

images
images

विभिन्न २८ विधामा भएको खेलमा ८ स्वर्ण, ३ रजत र २ कास्य गरी १३ पदक जित्दै रामेश्वरी माविले शिल्ड हात पारेको हो । विजेता रामेश्वरी माविले शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै प्रतियोगितामा जलदेवी मावि ताक्लुङले दोस्रो स्थान हाँसिल गरेको छ । ६ स्वर्ण, ४ रजत र ३ कास्य गरी १३ पदक जितेर सो विद्यालय दोस्रो हुन सफल भएको हो ।

त्यस्तै जनशक्ति मावि नाम्जुङले तेस्रो स्थान हात पारेको छ । ५ स्वर्ण र २ रजत गरी ७ पदक जितेर जनशक्ति मावि तेस्रो बनेको हो । बुंकोटस्थित शहिदस्मृति माविले सान्त्वना स्थान हासिल गरेको छ । ४ स्वर्ण ६ रजत र ११ कास्य गरी २१ पदक जितेर सहिदस्मृति माविले सान्त्वना स्थान पक्का गरेको हो ।

सहिद लखन गाउँपालिकाको खेलमैदानमा सञ्चालन भएको प्रतियोगितामा पालिका भित्रका ११ वटा माध्यमिक तहका विद्यालयहरुले सहभागिता जनाएका शिक्षा शाखा प्रमुख राजेन्द्र खनालले जानकारी दिए । विजेता विद्यालयहरुलाई बुधबार एक कार्यक्रमका बीच पुरस्कार तथा पदक वितरण गरिएको छ ।

गाउँपालिकाकी उपाध्यक्ष इन्दिरा तिवारीको अध्यक्षतामा सम्पन्न समारोहमा अध्यक्ष तिवारी, प्रमुख प्रशासकीय अधिकृत बाबुराम मगर, वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुले विजयी विद्यालयहरुलाई पदक तथा पुरस्कार प्रदान गरेका थिए ।

images
प्रकाशित मिति :मंसिर ४, २०८२ बिहिवार - १०:०३:२५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology