Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

मध्यरातिमा निवासबाटै किन पक्राउ परे दुर्गा प्रसाईं

मध्यरातिमा निवासबाटै किन पक्राउ परे दुर्गा प्रसाईं

इच्छाकामना न्युज

२, मंसिर २०८२
मध्यरातिमा निवासबाटै किन पक्राउ परे दुर्गा प्रसाईं
images

काठमाडौं-मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँ र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरस्थित प्रसाईंलाई निवासबाटै मध्यराति पक्राउ गरेको छ । प्रसाईंले हिंसा भड्किने अराजक गतिविधि गर्न अभिव्यक्ति दिएको भन्दै प्रहरीले पक्राउ गरेको हो ।

images
images

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका निमित्त प्रमुख डीआईजी ओम अधिकारीका अनुसार उनलाई भक्तपुरस्थित निवासबाट सोमबार मध्यराति पक्राउ गरी काठमाडौं प्रहरी परिसर भद्रकालीमा नियन्त्रणमा राखिएको छ ।

आफूलाई राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति बचाउ महाअभियानका संयोजकका रूपमा चिनाउने दुर्गा प्रसाईंले ७ मंसिरदेखि आन्दोलन चर्काउने सार्वजनिक घोषणा गरेका थिए । आन्दोलनको तयारीमा रहेका उनी पक्राउ परेका हुन् । प्रसाईंले देशै ठप्प पार्ने भन्दै उग्र अभिव्यक्ति दिइरहेकोमा सुरक्षा संयन्त्रले उनलाई ‘नोटिस’ मा राखेको थियो ।

उनले मंसिर ७ गतेबाट आन्दोलनको तयारी गरेका थिए । यसका लागि प्रसाईंले राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियानको ब्यानरमा राजनीतिक गतिविधि गर्दै आएका छन् ।यसअघि १५ चैतको हिंसात्मक आन्दोलनपछि पक्राउ परेका प्रसाईं अदालतको आदेशपछि छुटेका थिए । राजावादी गतिविधिमा संलग्न प्रसाईं बैंकबाट लिएको ऋण मिनाहा गरिदिनुपर्ने लगायत माग राख्दै आन्दोलनको तयारीमा थिए ।

दुर्गा प्रसाईंलाई पक्राउ गर्नेबारे सुरक्षा समिति बैठकमै भएको थियो छलफल

गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार बोलाएको सुरक्षा समिति बैठकमै दुर्गा प्रसाईंलाई नियन्त्रणमा लिनेबारे छलफल भएको थियो । निर्वाचनलाई लक्षित गरेर एकीकृत सुरक्षा योजनाबारे छलफल गर्न बोलाएको बैठकमा सुरक्षा निकायका प्रमुखहरुले प्रसाईंको अभिव्यक्तिलाई गम्भीरतापूर्वक लिनुपर्ने बताएका थिए । उनको अभिव्यक्ति हिंसा भड्काउने किसिमको भएको भन्दै कारबाहीको दायरामा ल्याउनुपर्ने सुरक्षा प्रमुखहरुको भनाइ थियो ।

खासगरी उनले पछिल्लो समय ‘दूतावासमा बम पड्काएर आफूतिर आरोप लगाइदिनसक्छन्’ र देशै ठप्प हुन्छ भन्दै दिएको अभिव्यक्तिलाई सुरक्षा संयन्त्रले गम्भीर रुपमा लिएको थियो । बैठकमा नेपाल प्रहरीका प्रमुख आईजीपी दानबहादुर कार्की, सशस्त्र प्रहरी प्रहरी राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्कीले उनले दिइरहेको अभिव्यक्तिले समाजमा त्रासको वातावरण सिर्जना भइरहेको विश्लेषण सुनाएका थिए ।

पछि बैठकले प्रसाईंको नाम उल्लेख नगरी हिंसा भड्काउने, जनता आतंकित पार्ने गतिविधि गर्नेलाई निस्तेज गर्न कडाइका साथ कानुनी कारबाही अघि बढाउने निर्णय पनि गरेको थियो । ‘बैठकको निर्णयमा नाम किटान नगरिए पनि त्यो दुर्गा प्रसाईंकै अभिव्यक्तिलाई लक्षित गरेर गरिएको निर्णय थियो,’ मन्त्रालयका एक अधिकारी भन्छन् ।

केही दिनअघि पत्रकारहरुसँग कुरा गर्दै गृहमन्त्री ओमप्रकाश अर्यालले पनि प्रसाईंसहितका व्यक्तिहरुको अभिव्यक्तिलाई गम्भीरतापूर्वक लिएको बताएका थिए । आफूलाई राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति बचाउ महाअभियानका संयोजकका रुपमा चिनाउने दुर्गा प्रसाईंले ७ मंसिरदेखि आन्दोलन चर्काउने सार्वजनिक घोषणा गरेका थिए । उनले आन्दोलन घोषणा गरेपछि गृह प्रशासनले छलफलका लागिसमेत बोलाएको थियो । प्रसाईंका तर्फबाट माधव खतिवडासहितको समूहले मन्त्रालय पुगेर २६ बुँदे माग पत्र पेस गरेको थियो । र, आन्दोलन शान्तिपूर्ण हुने प्रतिबद्धता जनाएको थियो ।

नागरिक बचाउ दल आन्दोलित, महामन्त्री भन्छन्– आजै सडकमा उत्रिन्छौं
दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको विरोधमा नागरिक बचाउ दलले आजैबाट संघर्षका कार्यक्रम सुरु गर्ने घोषणा गरेको छ । मंसिर ७ गते प्रदर्शन गर्ने घोषणा गरिए पनि प्रसाईंको गिरफ्तारीको विरोधमा आजैबाट प्रदर्शनमा उत्रिने सो पार्टीका नेताहरुले बताएका छन् ।

नागरिक बचाउ दलका महामन्त्री प्रेमकुमार थाम्सुहाङले भने, ‘हाम्रा नेता दुर्गा प्रसाईंलाई मध्यराति अपहरण शैलीमा पक्राउ गरेर सरकारले शान्ति भंग गरेको छ । त्यसैले मंसिर ७ गते नपर्खिकन आजैबाट हामी देशव्यापी आन्दोलनमा उत्रिँदैछौं ।’

त्यसको विरोधमा आज पहिलो चरणमा जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षणपत्र बुझाउने र देशव्यापी प्रदर्शन सुरु गर्ने महामन्त्री थाम्सुहाङले बताए ।

‘हामी दल दर्ता गरेर निर्वाचनमा अघि बढिरहेका थियौं । हाम्रा गतिविधि शान्तिपूर्ण थिए तर सरकारले नै शान्ति भंग गर्यो,’ महामन्त्री थाम्सुहाङले भने, ‘त्यसविरुद्ध सीडीओ कार्यालयमा आज ध्यानाकर्षण गराउँछौं ।’

उनले प्रसाईंलाई तत्काल, विना सर्त र ससम्मान रिहाइको माग गरे । ‘अन्यथा यो सरकारको अन्त्य हामीले सडकबाटै गर्नेछौं,’ उनले चेतावनी दिए ।

images
प्रकाशित मिति :मंसिर २, २०८२ मंगलवार - ११:०९:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology