Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

एनपीएल सिजन-२ः दोस्रो दिनको पहिलो खेलमा चितवन र कर्णाली भिड्दै

एनपीएल सिजन-२ः दोस्रो दिनको पहिलो खेलमा चितवन र कर्णाली भिड्दै

इच्छाकामना न्युज

२, मंसिर २०८२
एनपीएल सिजन-२ः दोस्रो दिनको पहिलो खेलमा चितवन र कर्णाली भिड्दै
images

काठमाडौँ। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदै छन् । मंगलबारको पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स भिड्दैछन् । यो खेल बिहान ११ः४५ बजे सुरु हुनेछ । चितवन कुशल मल्लको कप्तानीमा मैदानमा उत्रने छ भने कर्णालीको कप्तान सोमपाल कामी छन् ।

images
images

आजै हुने दोस्रो खेलमा भने विराटनगर किंग्स र पोखरा एभेन्जर्सले प्रतिस्पर्धा गर्नेछन् । विराटनगर सन्दीप लामिछानेको कप्तानीको टिम हो भने पोखाराका कप्तान कुशल भुर्तेल हुन् । यो खेल दिउँसो ४ बजे सुरु हुनेछ ।

सोमबार भएको उद्घाटन खेलमा साबिक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजसँग ५ विकेटले पराजित भएको छ ।

एनपीएल दोस्रो सिजनका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो र राति गरेर हुनेछन्। नेपाल क्रिकेट सङ्घ (क्यान)ले हरेक खेलका लागि नौ हजार चार सय ५० टिकट बिक्री गर्ने जनाएको छ।

एनपीएल मङ्सिर १ देखि २७ गतेसम्म सञ्चालन हुने छ। एनपिएलमा लिग चरण, तीन वटा प्लेअफ र फाइनलसहित ३२ खेल हुँदै छन्।

images
प्रकाशित मिति :मंसिर २, २०८२ मंगलवार - १०:२७:०३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology