Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

तनहुँकी चेली सबिता परियारको पञ्चेबाजामा ‘तनहुँकी थानी...’ सार्वजनिक

तनहुँकी चेली सबिता परियारको पञ्चेबाजामा ‘तनहुँकी थानी...’ सार्वजनिक

इच्छाकामना न्युज

१, मंसिर २०८२
तनहुँकी चेली सबिता परियारको पञ्चेबाजामा ‘तनहुँकी थानी...’ सार्वजनिक
images

तनहुँ । तनहुँकी चेली लोकदोहोरी गायिका सबिता परियारको स्वरमा नयाँ पञ्चेबाजाको गीत सार्वजनिक भएको छ । तनहुँको चर्चित धार्मिक स्थल थानीमाईको नाममा गायिक सबिता परियारले पञ्चेबाजा भाकामा ‘तनहुँकी थानी...’ गीत सार्वजनिक गरिएकी हुन् ।

images
images

शनिबार साँझ गायीका सबिता परियार अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको गीतमा पुरुष स्वर गायक बिवेक धितालको रहेको छ भने गीतको शब्द र लय पनि उनै गायक धितालकै रहेको छ । थानीमाईको मन्दिरमै निर्माण गरिएको गीतको म्युजिक भिडियोमा गायक बिवेक धिताल र गायीका सबिता परियार बाहेक सगरिका कुँवर, रबिन एसके र सरिष्मा थापाले अभिनय गरेका छन् भने भिडियोको निर्देशन समिर रामदामले गरेका छन् ।

गायीका परियारको यस अघि नै गावै रमाईलो देशै रमाईलो, सूर्ती च्यापेर, माईली लाएको सारी, माछी पानीमा, गाजले, जिन्दगी बुझेन मैले जस्ता चर्चित गीतहरु सार्वजनिक भैसकेका छन् ।

images
प्रकाशित मिति :मंसिर १, २०८२ सोमवार - १५:११:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology