Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

होटल व्यवसायी संघ मुग्लिनको अध्यक्षमा पुजन भण्डारी निर्वाचित

होटल व्यवसायी संघ मुग्लिनको अध्यक्षमा पुजन भण्डारी निर्वाचित

इच्छाकामना न्युज

२३, कार्तिक २०८२
होटल व्यवसायी संघ मुग्लिनको अध्यक्षमा पुजन भण्डारी निर्वाचित
images

मुग्लिन । होटल व्यवसायी संघ चितवन मुग्लिन इकाइको अध्यक्षमा पुजन भण्डारी निर्वाचित हुनुभएको छ । इकाइको सातौं साधारण सभा तथा छैठौं अधिबेशनबाट भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । समितिको उपाध्यक्षमा पुरुषोत्तम पोख्रेल, सचिवमा कमल श्रेष्ठ, सहसचिवमा कृष्ण प्रसाद त्रिपाठी र सदस्यहरुमा भेषलाल श्रेष्ठ, सर्मिला गौचन, सन्दिप शाह, आशिष कार्की, पुष्पा वस्ती र शर्मिला राना निर्वाचित हुनुभएको छ । मुग्लिनको पहिचाननै यहाँको होटल व्यवसाय हो । यस संस्थामा यहाँका ९० होटल आबद्ध छन ।

images
images

यसअघि मिन बहादुर श्रेष्ठको अध्यक्षतामा भएको साधारण सभा गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङको प्रमुख आतिथ्यतामा भएको हो । सो अवसरमा गाउँपालिका उपाध्यक्ष माया सिलवाल,वडा अध्यक्ष तेज बहादुर सेरचन,रुद्र उप्रेती,होटल व्यवसायी संघ चितवनका अध्यक्ष लोकनाथ भट्ट,पुर्व अध्यक्ष इमान्दु बराल,इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रतिक सिंह लगायतको उपस्थिति रहेको थियो ।

images
प्रकाशित मिति :कार्तिक २३, २०८२ आइतवार - १९:००:०८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology