Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

बृहत साँस्कृतिक कार्यक्रम सहित इच्छाकामना मन्दिर परिसरमा आज बेलुका रातभर पञ्चमी जात्रा लाग्दै

बृहत साँस्कृतिक कार्यक्रम सहित इच्छाकामना मन्दिर परिसरमा आज बेलुका रातभर पञ्चमी जात्रा लाग्दै

इच्छाकामना न्युज

२३, कार्तिक २०८२
बृहत साँस्कृतिक कार्यक्रम सहित इच्छाकामना मन्दिर परिसरमा आज बेलुका रातभर पञ्चमी जात्रा लाग्दै
images

इच्छाकामना ।  पर्यटन प्रवद्र्धनका लागि चितवनको इच्छाकामना–५मा अवस्थित प्रसिद्ध धार्मिक स्थल इच्छाकामना मन्दिर परिसरमा दुई दिन मेला लाग्ने भएको छ । आज र भोली मेला लाग्ने भएको हो ।

images
images

मेलाको अवसरमा पर्यटन प्रवद्र्धनका लागि विविध सांस्कृतिक कार्यक्रम हुने मन्दिर संरक्षण समितिका अध्यक्ष रामप्रसाद बोहोराले जानकारी दिनुभयो ।मेलामा राष्ट्रिय तथा स्थानीय विभिन्न विद्याका कलाकारहरुको प्रस्तुति पनि रहने उहाँले जानकारी दिनुभयो ।

इच्छाकामना मन्दिरमा हरेक वर्ष ठूलो पञ्चमीको अवसरमा रातभर मेला लाग्ने र बिहान पूजाआजाका साथै बली चढाइने परम्परा रहेको छ । केही वर्षदेखि इच्छाकामना गाउँपालिकाले मेलालाई भव्य रुपमा मनाउनका लागि सो दिन सार्वजनिक बिदासमेत दिदैँ आएको छ । 

 गोरखाको सहिद लखन गाउँपालिकाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिरको आमनेसामने उत्तरमा पर्ने यस मन्दिरमा पूजाआजा गरे इच्छाएको पूरा हुने तथा सन्तान नहुनेहरुका  लागि सन्तान प्राप्ती हुने धार्मिक विश्वास छ । मनकामना देवीको सात दिदी बहिनीमध्ये इच्छाकामना एक बहिनी रहेको किंवदन्ती रहेको छ ।इच्छाकामना मन्दिर धार्मिक पर्यटकीयस्थलको सम्भावना बोकेको पर्यटकीयस्थल हो ।समुद्री सतहदेखि एक हजार आठ सय मिटरको उचाइमा रहेको छ । इच्छाकामनाको वरपर जङ्गलले ढाकेको छ । फागुन र चैतमा ढकमक्क फुलेको लालीगुराँसले वरिपरिको वातावरण रङ्गीन बन्छ । इच्छाकामनाबाट सफा मौसममा हिमाली श्रृङ्खला मनास्लु, गणेश र माछापुच्छ्रेसम्म पनि देख्न सकिन्छ । 

मन्दिर पुर्ननिर्माण खानेपानी, विद्युत सेवा र अन्य भौतिक पुर्वाधारहरु निर्माण सगैँ यहाँ आउने धार्मिक पर्यटकहरुको आवागमन बढेको गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले बताउनुभयो । पछिल्लो केही बर्षयता भारतीय पर्यटकसमेत मन्दिर दर्शनका लागि आउन थालेको अध्यक्ष गुरुङले बताउनुभयो । फिस्लिङ–शक्तिखोर सडक र मुग्लिन–तामिन सडक प्रयोग गरेर पर्यटकहरू मन्दिर पुग्ने गरेका छन् । यहाँ सार्वजनिक विदा र शनिबारको दिन मन्दिर दर्शन गर्न र पिक्निक खान आउने पर्यटकहरुको घुइँचो लाग्ने गर्छन् । 

images
प्रकाशित मिति :कार्तिक २३, २०८२ आइतवार - १३:४९:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology