Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

छिम्केश्वरी र बूढीमाई मन्दिर संरक्षणका लागि आँबुखैरेनीमा सञ्चालित महायज्ञमा साढे २ करोड दान संकलन

छिम्केश्वरी र बूढीमाई मन्दिर संरक्षणका लागि आँबुखैरेनीमा सञ्चालित महायज्ञमा साढे २ करोड दान संकलन

इच्छाकामना न्युज

२०, कार्तिक २०८२
छिम्केश्वरी र बूढीमाई मन्दिर संरक्षणका लागि आँबुखैरेनीमा सञ्चालित महायज्ञमा साढे २ करोड दान संकलन
images

आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिका–५ छिम्कालेकस्थित छिम्केश्वरी र बूढीमाई मन्दिर संरक्षणका लागि सञ्चालित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा रु दुई करोड ५० लाख दान सङ्कलन भएको छ।

images
images

महायज्ञ मूल समारोह समितिका आर्थिक संयोजक मनोजकुमार श्रेष्ठले मन्दिरको विकास, पर्यटन प्रवर्द्धन तथा भौतिक पूर्वाधार निर्माण गर्ने उद्देश्यले भएको महायज्ञबाट रु दुई करोड ५० लाख सङ्कलन गरिएको जानकारी दिए। यही कात्तिक ८ देखि १५ गतेसम्म भएको महायज्ञ अवधिभर तीन परिवार र एक संस्थाले रु पाँच लाखभन्दा धेरै दान दिएका उनले बताए। आँबुखैरेनी गाउँपलिका–३ निवासी अणमान श्रेष्ठ र सरस्वती श्रेष्ठले रु पाँच लाख ११ हजार १११ दान दिएका थिए।

यसैगरी अमृत केसी र गोमा केसीले रु पाँच लाख पाँच हजार ५५८, महायज्ञ मूल समारोह समितिका संयोजक तथा छिम्केश्वरी पर्यटन विकास समितिका अध्यक्ष कृष्णमान तामाङ र इन्द्रमाया तामाङले रु पाँच लाख एक हजार १०१ र आँबुखैरेनी गाउँपालिकामा कार्यरत कर्मचारीले रु पाँच लाख ५५ हजार ५५५ दान गरेका थिए।

छिम्केश्वरी पर्यटन विकास समितिले सङ्कलित रकम मन्दिर क्षेत्रका स्थायी संरचना, ध्यान केन्द्र, सभाहल, विश्रामगृह, शौचालय, सरसफाइ पूर्वाधार र बाटो तथा पार्किङ निर्माणमा प्रयोग गर्ने जनाएको छ। समितिले मन्दिर क्षेत्र संरक्षण, फूल तालिम केन्द्र स्थापना, भक्तजन आवागमन सहज बनाउने, विश्रामगृह निर्माण र सरसफाइ सुदृढीकरणलाई प्राथमिक कार्ययोजनाका रूपमा अघि सारेको छ।

महायज्ञमा प्रवीण पण्डित दीनबन्धु पोखरेलको प्रवचन दिनुभएको थियो। समुद्र सतहदेखि दुई हजार १३४ मिटर उचाइमा अवस्थित छिम्केश्वरी मन्दिरबाट धौलागिरि, अन्नपूर्ण, मनास्लु, बुद्ध, सैपाल र अपी हिमालको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ। धार्मिक विश्वासअनुसार गोरखाको मनकामना माईकी दिदीका रूपमा यहाँको छिम्केश्वरी र बूढीमाईलाई चिन्ने गरिएको छ। यहाँ गरिने पूजा तथा दर्शनले मनोकामना पूरा हुने जनविश्वास छ। महायज्ञ आँबुखैरेनी गाउँपालिका–३ अमिलीबोटे (हाटबजार) मा आयोजना गरिएको थियो।

images
प्रकाशित मिति :कार्तिक २०, २०८२ बिहिवार - ०८:३८:१८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology