Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

छिम्केश्वरी–बुढीदेवी मन्दिरको महायज्ञको पाचौ दिन : एक करोड दान संकलन

छिम्केश्वरी–बुढीदेवी मन्दिरको महायज्ञको पाचौ दिन : एक करोड दान संकलन

इच्छाकामना न्युज

१३, कार्तिक २०८२
छिम्केश्वरी–बुढीदेवी मन्दिरको महायज्ञको पाचौ दिन : एक करोड दान संकलन
images

तनहुँ । आँबुखैरेनी गाउँपालिका–५ स्थित छिम्केश्वरी र बुढीमाई मन्दिरको बृहत विकास र संरक्षण एवं धार्मिक पर्यटन प्रवद्र्धनका लागि सञ्चालन भइरहेको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा हालसम्म करिब एक करोड रुपैयाँ दान संकलन भएको छ ।

images
images

आँबुखैरेनी–३ हाटबजार क्षेत्रमा जारी महायज्ञको पाँचौँ दिनसम्म उक्त रकम संकलन भएको महायज्ञ मूल समारोह समितिका संयोजक तथा छिम्केश्वरी पर्यटन विकास समितिका अध्यक्ष कृष्णमान तामाङले जानकारी दिए । महायज्ञ अवधिभर १० करोड संकलन गर्ने लक्ष्य राखिएको छ ।

महायज्ञ कात्तिक १५ गतेसम्म सञ्चालन हुँदैछ । संकलित रकम मन्दिर क्षेत्रका स्थायी संरचना, ध्यान केन्द्र, सभाहल, विश्रामगृह, शौचालय, सरसफाइ पूर्वाधार, बाटो र पार्किङ निर्माणमा खर्च गरिने बताइएको छ । त्यसका साथै, समितिले फूल तालिम केन्द्र स्थापना, भक्तजनको आवागमन सहज बनाउने, सरसफाइ सुदृढीकरण र धार्मिक पर्यटन प्रवद्र्धनलाई प्राथमिक कार्ययोजनाका रूपमा अघि सारेको छ ।

आबुँखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले छिम्केश्वरी क्षेत्रलाई धार्मिक पर्यटनको केन्द्रका रूपमा विकास गर्न स्थानीय सरकार सक्रिय बन्दै आएको बताए । उनले मन्दिर क्षेत्रको दीर्घकालीन विकासका लागि निरन्तर योजना र आर्थिक संकलन आवश्यक रहेको बताए ।

महाभारत पर्वत श्रृङ्खलाको २१३४ मिटर उचाइमा अवस्थित मन्दिर क्षेत्रको समग्र विकासका लागि आयोजित उक्त महायज्ञमा वाचन प्रविण पण्डित श्री दिनबन्धु पोखरेलले श्रीमद्भागवत वाचन गरेका छन् । महायज्ञ अवधिभर पितृ उद्धार, वैदिक कर्म, धान्याञ्चल, तुलादान, विवाह–ब्रतबन्ध, ग्रहशान्ति पूजन लगायतका धार्मिक कार्यहरू सम्पन्न हुनेछन् ।

त्यस्तै तामा, पित्तल, ढोलक, अन्न, खाद्यान्न तथा अन्य धार्मिक सामग्रीको दान पनि स्वीकार गरिनेछ । आयोजकहरुले यस महायज्ञले छिम्केश्वरी–बुढीदेवी मन्दिर क्षेत्रको धार्मिक, सांस्कृतिक र पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा पु¥याउने विश्वास व्यक्त गरेका छन् ।

धार्मिक विश्वास अनुसार गोरखाको मनकामनामाईकी दिदीका रूपमा पूजिँदै आएकी छिम्केश्वरी र बुढीमाईको दर्शनले मनोकामना पूरा हुने जनविश्वास छ । समुद्र सतहदेखि २,१३४ मिटर उचाइमा अवस्थित छिम्केश्वरी मन्दिरबाट धौलागिरि, अन्नपूर्ण, मनास्लु, बुद्ध, सैपाल र अपि हिमालको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ ।

images
प्रकाशित मिति :कार्तिक १३, २०८२ बिहिवार - २१:३८:५७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology