Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

ट्रम्प र लीबीच व्यापार सम्झौताका लागि अन्तिम सहमति

ट्रम्प र लीबीच व्यापार सम्झौताका लागि अन्तिम सहमति

एजेन्सी

१३, कार्तिक २०८२
ट्रम्प र लीबीच व्यापार सम्झौताका लागि अन्तिम सहमति
images

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङ बीच व्यापार सम्झौताका लागि प्रायः सबै विषयमा अन्तिम सहमति भएको जानकारी गराएका छन्।

images
images

यो वर्षको एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) बैठकको आयोजक रहेको दक्षिणपूर्वी शहर ग्योङजुमा लीसँगको शिखर सम्मेलनपछि राष्ट्रपति ट्रम्पले यस्तो घोषणा गरेका हुन्।

उनले भने, “वार्ता पूर्णरूपमा सफल भएको मान्नुपर्छ। हामी एक सम्झौताको तयारी अवस्थामा पुगेका छौँ।”

ट्रम्प र लीबीचको यो शिखर सम्मेलनलाई नजिकबाट हेरिएको थियो, किनकि दुवै मुलुकका वार्ता सहयोगीहरूले जुलाईमा तयार पारेको व्यापार सम्झौताको खाकाको विवरणमा मतभेदहरू समाधान गर्न सङ्घर्ष गरिरहेका थिए। यस सम्झौताअनुसार, दक्षिण कोरियाले अमेरिकामा ३५० अर्ब अमेरिकी डलर लगानी गर्ने प्रतिबद्धता जनाएको थियो।

लीसँगै डिनर टेबलमा बसेका ट्रम्पले आफूहरूबीच 'बृहत्' भेटवार्ता भएको बताए। उनले भने, "धेरै कुरामा निर्णयमा पुगिएको छ, हामीले धेरै प्रतिक्षा गरिएको व्यापार सम्झौतालाई अन्तिम रूप दियौँ। राष्ट्रिय सुरक्षासँग सम्बन्धित केही अन्य विषयमा पनि छलफल गरेका छौँ। मलाई लाग्छ, हामी धेरै महत्त्वपूर्ण विषयहरूमा निष्कर्षमा पुग्यौँ।"

यसै क्रममा ट्रम्पले कोरियाली प्रायद्वीपमा सुरक्षा तनाव समाधान गर्ने आफ्नो प्रतिबद्धता पनि दोहोर्‍याए। उनले उत्तर कोरिया “जसरी प्रस्तुत हुनुपर्छ त्यसो हुन नसकेको” बताए। उत्तर कोरियाली नेता किम जोङ उनलाई सङ्केत गर्दै राष्ट्रपति ट्रम्पले भने, "म किमलाई राम्रोसँग चिन्छु र मलाई लाग्छ सबै कुरा राम्रोसँग अघि बढ्नेछ।"

images
प्रकाशित मिति :कार्तिक १३, २०८२ बिहिवार - ०७:४८:५३ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology