Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

भारतमा छठ पर्वका अवसरमा नुहाउने क्रममा डुबेर १३३ जनाको मृत्यु

भारतमा छठ पर्वका अवसरमा नुहाउने क्रममा डुबेर १३३ जनाको मृत्यु

एजेन्सी

१३, कार्तिक २०८२
भारतमा छठ पर्वका अवसरमा नुहाउने क्रममा डुबेर १३३ जनाको मृत्यु
images

भारतको पूर्वी राज्य बिहार र झारखण्डमा छठ पूजाको अवसरमा नुहाउन नदी तथा तलाउमा डुबुल्की मार्ने क्रममा कम्तीमा १३३ व्यक्तिको डुबेर मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

images
images

बिहारमा डुबेर १०८ जनाको मृत्यु भएको छ भने १० जना बेपत्ता भएका छन् । छिमेकी मुलुक झारखण्डमा यसरी मृत्यु हुनेको सङ्ख्या २५ पुगेको छ । छठपर्व मनाउने क्रममा यी प्रदेशका विभिन्न जिल्लाका नदीनाला र अन्य जलाशयमा डुबेर मृत्यु भएको हो ।

स्थानीय प्रशासनले बेपत्ताको खोजीका लागि विपद् व्यवस्थापन बलको टोलीहरू परिचालन गरेको जनाएका छन् । 

स्थानीय सञ्चारमाध्यमका अनुसार गोताखोर र प्रहरीको टोली खोजी तथा उद्धारमा संलग्न रहेको छ । अधिकारीहरूले भक्तजनहरूलाई नदी किनारमा सतर्क रहन र धार्मिक स्नानको समयमा गहिरो पानीमा नजान आग्रह गरेका थिए।

छठ पूजाको उत्सवको क्रममा सयौँ हिन्दू भक्तजनहरू नदी र पोखरीको पानीमा घुँडा टेकेर उभिने र डुबुल्की मार्ने गर्छन् । 

images
प्रकाशित मिति :कार्तिक १३, २०८२ बिहिवार - ०७:३४:२३ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology