Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

दिल्लीको प्रदूषण उच्च, कृत्रिम वर्षा गराउने तयारी

दिल्लीको प्रदूषण उच्च, कृत्रिम वर्षा गराउने तयारी

इच्छाकामना न्युज

८, कार्तिक २०८२
दिल्लीको प्रदूषण उच्च, कृत्रिम वर्षा गराउने तयारी
images

भारतको राजधानी नयाँदिल्लीमा वायु प्रदूषणको मात्रा उच्च भएको छ । प्रदूषण हटाउन पहिलो पटक क्लाउड सिडिङ अर्थात बादल जम्मा गर्ने परीक्षण गर्ने सरकारले तयारी गरेको छ । यसले वायुमण्डलमा रहेका घातक धुवाँ र कणहरूलाई वर्षाको माध्यमबाट हटाउने तथा सहरको प्रदूषणलाई नियन्त्रणमा ल्याउने अपेक्षा रहेको दिल्लीका मन्त्री मञ्जिन्दर सिंह सिरसाले जनाएका छन् ।

images
images

क्लाउड सिडिङ भन्नाले विमानमार्फत नुन वा अन्य रासायनिक पदार्थहरू बादलमा छाड्ने प्रक्रिया हो । यसबाट कृत्रिम रूपमा वर्षा हुनेछ । केही देशले यसअघि नै यस्तो प्रविधिको प्रयोग गरेपनि भारतले पहिलोपल्ट प्रयोग गरेको हो । चीनले सन् २००८ को ओलम्पिकका बेला बेइजिङमा वर्षा रोक्न यही प्रविधिको प्रयोग गरेको थियो ।

दिल्लीको उत्तरी क्षेत्र बुराडीमा सेनाले विमान प्रयोग गरी परीक्षण सुरु गरेको छ । दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले यदि मौसम अनुकूल रहेमा अक्टोबर २९ तारिख अर्थात आउँदो बुधवार दिल्लीमा कृत्रिम वर्षा भइ हावाको प्रदुषण घट्ने बताएकी छन् ।

 

परीक्षणमा कुन रसायन प्रयोग गरिएको थियो भन्ने जानकारी सार्वजनिक भएको छैन । तीन करोडभन्दा बढी जनसङ्ख्या भएको नयाँदिल्ली अहिले संसारकै सबैभन्दा प्रदूषित राजधानीहरूमध्ये एक रहेको छ ।

सेप्टेम्बरमा गरेको एक अध्ययनले दिल्लीको ऐतिहासिक लालकिल्ला समेत प्रदूषणका कारण कालो हुँदै गएको निष्कर्ष निकालेको थियो ।

images
प्रकाशित मिति :कार्तिक ८, २०८२ शनिवार - ११:१५:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology