Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

पाकिस्तानी हवाई आक्रमणमा तीन अफगान क्रिकेट खेलाडीको मृत्यु

पाकिस्तानी हवाई आक्रमणमा तीन अफगान क्रिकेट खेलाडीको मृत्यु

एजेन्सी

१, कार्तिक २०८२
पाकिस्तानी हवाई आक्रमणमा तीन अफगान क्रिकेट खेलाडीको मृत्यु
images

अफगानिस्तान । पाकिस्तानको हवाई आक्रमणमा कम्तीमा तीन अफगान क्रिकेट खेलाडीको मृत्यु भएको छ। अफगानिस्तान क्रिकेट बोर्डका अनुसार ती खेलाडीहरू उरगुनबाट पत्तिका प्रान्तको राजधानी शरानातर्फ मैत्रीपूर्ण खेल खेल्न गएका थिए।

images
images

मृतक खेलाडीमा कबिर, सिबघतुल्लाह र हारुन रहेको बताइएको छ। बोर्डका अनुसार उक्त आक्रमणमा थप पाँच जनाको पनि ज्यान गएको छ।

बोर्डले विज्ञप्तिमा जनाएको छ — 'उनीहरू खेलपछि आफ्नै गाउँ उरगुन फर्किएपछि पाकिस्तान शासनद्वारा गरिएको एक कायराना हवाई आक्रमणमा लक्ष्य बनाइए।' बोर्डले घटनाबारे थप विवरण सार्वजनिक गरेको छैन।

यो  घटनापछि अफगानिस्तानले पाकिस्तान र श्रीलङ्कासँग हुने आगामी त्रिकोणात्मक सिरिजबाट नाम फिर्ता लिएको छ। बोर्डले यस कदमलाई 'मृतकको सम्मानका लागि गरिएको निर्णय' भनेर उल्लेख गरेको छ।

images
प्रकाशित मिति :कार्तिक १, २०८२ शनिवार - १०:५६:५३ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology