आँबुखैरेनी (तनहुँ), ३१ असोज। महाभारत पर्वत श्रृङ्खलाको उच्च भाग २१३४ मिटर उचाइमा अवस्थित छिम्केश्वरी–बुढीदेवी मन्दिर क्षेत्रको समग्र विकासको लागि आगामी कार्तिक ८ गतेदेखि १५ गतेसम्म आयोजना हुने श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको तयारी तीव्र पारिएको छ।
छिम्केश्वरी पर्यटन विकास समिति, मन्दिर संरक्षण समिति, तथा महायज्ञ मूल समारोह समितिको आयोजनामा र आँबुखैरेनी गाउँपालिकाको संरक्षकत्वमा हुन लागेको यस महायज्ञको तयारी हालसम्म ७५ प्रतिशत पूरा भइसकेको मूल समारोह समितिका संयोजक कृष्णमान तामाङले जानकारी दिनुभयो।
समितिका अनुसार महायज्ञको प्रचार–प्रसार, स्थल निर्माण, साउण्ड सिस्टम व्यवस्थापन, चिठी–पत्राचार लगायतका कार्यहरू तीव्र गतिमा भइरहेका छन्। विविध उप–समितिहरू गठन गरी तयारीहरू सघन बनाइएको संयोजक तामाङले बताए।
आयोजकले महायज्ञबाट १० करोड रुपैयाँ आर्थिक संकलन गर्ने लक्ष्य राखेको छ भने करिब ५० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। महायज्ञको माध्यमबाट धार्मिक, सांस्कृतिक तथा पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने आयोजक समितिको विश्वास छ।
प्रकाशित मिति :आश्विन ३१, २०८२ शुक्रवार -
२२:१६:३८ बजे
इच्छाकामना न्युज
इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।