आँबुखैरेनी । इलाका प्रहरी कार्यालय आँबुखैरेनीको प्रहरी प्रमुख फेरिएको छ । प्रहरी महानिरीक्षक स्तरीय निर्णयबाट बुधबार प्रहरी निरिक्षकहरुको सरुवा गर्ने क्रममा इप्रका आँबुखैरेनीको प्रमुख पनि फेरिएको हो ।
इलाका प्रहरी कार्यालय आँबुखैरेनीको प्रमुखको रुपमा कार्यरत प्रहरी निरिक्षक टेकप्रसाद सुवेदीको जिल्ला प्रहरी कार्यालय कास्कीको अपराध नियन्त्रण शाखामा सरुवा भएको छ । आँबुखैरेनीमा रहदा उत्कृष्ट कार्य गरेका सुवेदीलाई गण्डकी प्रदेश प्रहरी कार्यालयले उत्कृष्ट कार्य गरेको भन्दै फागुन महिनाको उत्कृष्ट प्रहरीको रुपमा सम्मान समेत गरेको थियो । उनको नेतृत्वमा लागुऔषध नियन्त्रण र कारोबारी पक्राउमा उल्लेखनीय कार्य गरेका छन् ।
यसैबिच इलाका प्रहरी कार्यालय आँबुखैरेनीको नयाँ प्रमुखमा प्रहरी वृत्त लैनचौरमा कार्यरत प्रहरी निरिक्षक प्रदीप सुवेदी आउने भएका छन्