Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

छिम्केश्वरी बुढीदेवी श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ तयारी बैठक सम्पन्न

छिम्केश्वरी बुढीदेवी श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ तयारी बैठक सम्पन्न

इच्छाकामना न्युज

२७, आश्विन २०८२
छिम्केश्वरी बुढीदेवी श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ तयारी बैठक सम्पन्न
images
 
आँबुखैरेनी, २७ असोज । आगामी कार्तिक ८ गतेदेखि १५ गतेसम्म तनहुँको आँबुखैरेनी गाउँपालिका–३ अमिलिबोटेस्थित आँबुखैरेनी हाटबजारमा आयोजना हुने छिम्केश्वरी बुढीदेवी श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको तयारी बैठक सम्पन्न भएको छ ।
महायज्ञ मूल समारोह समितिका संयोजक कृष्णमान तामाङको अध्यक्षता र गाउँपालिका अध्यक्ष शुक्र चुमानको विशेष उपस्थितिमा सम्पन्न बैठकमा विभिन्न समिति–उपसमिति, समाजसेवी, धार्मिक अगुवा र स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
बैठकमा महायज्ञ सफल बनाउन व्यवस्थापन, आर्थिक संकलन, यज्ञस्थल सरसफाइ, आवास तथा भोजन, सुरक्षा व्यवस्था लगायतका विषयमा विस्तृत छलफल गरिएको थियो। साथै, स्वेच्छिक सहयोग र श्रमदानसम्बन्धी योजना पनि प्रस्तुत गरिएको छ।
महायज्ञको प्रमुख कथा वाचक पण्डित दीनबन्धु पोखरेल रहनेछन्। महायज्ञ अवधिभर विविध धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गरिनेछन्। तीमध्ये कलश यात्रा, श्रीमद्भागवत पाठ, पुलपाठ, १०८ सालीग्राम परिक्रमा, झाँकी प्रदर्शनी, आरती–पुष्पाञ्जली, र टिका–प्रसाद वितरण रहेका छन्।
त्यस्तै, महायज्ञको अवसरमा इच्छुक दाताहरूले पितृ उद्धारार्थ वैदिक कर्म, तुलादान, धान्याञ्चल, ग्रहशान्ति पूजन गराउन सक्नेछन्। सहयोग स्वरूप तामा, पित्तल, चरेस, ढलोट, धान, चामल, पिठो, घ्यू तथा अन्य खाद्यान्न सामग्री दान गर्न सकिने व्यवस्था गरिएको आयोजक समितिले जनाएको छ।
महाभारत पर्वत श्रृंखलाको २१३४ मिटर उचाइमा अवस्थित छिम्केश्वरी (बुढीदेवी) मन्दिर क्षेत्रको विकास र संरक्षणलाई दृष्टिगत गरी आयोजना हुन लागेको यो महायज्ञ छिम्केश्वरी पर्यटन विकास समिति, छिम्केश्वरी मन्दिर संरक्षण समिति र महायज्ञ मूल समारोह समितिको संयुक्त आयोजनामा हुन लागेको हो।
आयोजक समितिले करिब १० करोड रुपैयाँ आर्थिक संकलन गर्ने लक्ष्य राखेको छ।

images
प्रकाशित मिति :आश्विन २७, २०८२ सोमवार - १६:३२:५५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology