Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

चितवनमा सयपत्री फूलको माग बढ्याे, किसानहरू उत्साहित

चितवनमा सयपत्री फूलको माग बढ्याे, किसानहरू उत्साहित

इच्छाकामना न्युज

२७, आश्विन २०८२
चितवनमा सयपत्री फूलको माग बढ्याे, किसानहरू उत्साहित
images

चितवन । तिहार नजिकिँदै गर्दा सयपत्री फूलको माग बढ्न थालेको छ । विस्तारै माग बढ्दै जाँदा व्यावसायिक रुपमा फूलखेती गर्ने किसानहरुमा उत्साहा थपिँदै गएको छ । गोरखाबाट चितवन आएर बिगत पाँच वर्षदेखि व्क सयपत्री फूलखेती गर्दै आउनुभएका बुधबहादुर गुरुङ अहिले यो पेसाबाट सन्तुष्ट हुनुहुन्छ ।

images
images

भरतपुर महानगरपालिका–८ गौरीगञ्जमा विगत पाँच वर्षदेखि व्यावसायिक रुपमा यो सयपत्री उत्पादन र बजारीकरण गर्दै आउनुभएको छ । उहाँले भन्नुभयो “मैले पुष्प व्यवसाय गरेको १० वर्ष भयो । अहिले सयपत्री खेती गरेको पाँच वर्ष भयो । राम्रो आम्दानी दिने गरेको छु ।” गौरीगञ्जमा १८ कठ्ठा र वरपर गरी एक बिघा भन्दाबढी क्षेत्रफलमा उहाँले सयपत्री फूलखेती गर्नुभएको छ । सुरुवाती वर्षमा राम्रो आम्दानी लिन नसके पनि अहिले सयपत्री फूलबाट आँफू सन्तुष्ट रहेको उहाँले बताउनुभयो ।

जग्गा भाडामा लिएर व्यावसायिक रुपमा फूलखेती गर्दा सयपत्रीबाट मात्रै मनग्य आम्दानी हुने उहाँको भनाइ छ । उहाँले भन्नुभयो “हरेक सिजनमा रु चार देखि पाँच लाख सम्मको आम्दानी सयपत्री फूल बेचेर गरेको छु ।” यो मौसम फूलको राम्रो व्यापार हुने सिजन हो । अन्य

समयमा यही बारीमा तिल, मकै जस्ता खेती गर्दै आएको उहाँले सुनाउनुभयो । यही व्यवसायबाट परिवार चलाउने गरेको उहाँले बताउनुभयो । पूर्खादेखि फूलखेती गर्दै आएकाले आँफूले पनि भरतपुर महानगरपालिका–७ कृष्णपुरमा नर्सरी सञ्चालन गरेर काम गर्दै आएको सुनाउँदै उहाँले अहिले परिवारका सदस्यबाटै काम गर्दै आएको बताउनुभयो ।

जिल्लामा अहिले एक सय भन्दाबढी किसानले व्यावसायिक रुपमा सयपत्री फूलखेती गरेका छन् । उनीहरुले जिल्लाको १७ हेक्टर क्षेत्रफलमा फूलखेती गरेको कृषि विकास कार्यालय चितवनकी बागबानी विकास अधिकृत स्वस्तीका चौहानले जानकारी दिनुभयो । उहाँका अनुसार विगत तीन वर्षमा सयपत्रीखेती गर्ने किसान र क्षेत्रफल दुवै घटेको छ । आर्थिक वर्ष २०८०/८१ मा २२ हेक्टर क्षेत्रफलमा फूलखेती गरिएकोमा क्रमशः २० हेक्टर हुँदै १७ हेक्टरमा झरेको हो ।

उहाँले भन्नुभयो “गतवर्ष फूलखेती गर्ने किसानले लगाएको बिरुवामा कुकुर फूल भएका कारण उत्पादन भएन र किसानको सङ्ख्या घटेको हो ।” फ्लोरिकल्चर एसोसिएसन चितवनका सचिव सुलभ श्रेष्ठले यसवर्ष बाहिरी जिल्लामासमेत माला पठाउने गरी फूलखेती गरिएकोमा पानीका कारण समस्या भएको बताउनुभयो ।

उहाँका अनुसार विगत तीन दिन परेको पानीका कारण १० बिघा क्षेत्रफलमा लगाइएको सयपत्री फूलको बिरुवा मरेको छ । उहाँले भन्नुभयो “क्षेत्रफल बढाएका थियाँै तर पानीले सोचे जस्तो भएन ।” जिल्लाका लागि आवश्यक माला पुग्ने भए पनि बाहिरी जिल्ला पठाउने माला नहुने भएको उहाँले बताउनुभयो । जिल्लामा मात्रै तिहारमा तीन लाख बढी माला बिक्री हुने उहाँले बताउनुभयो । तिहारका लागि आवश्यक माला बाहिरबबाट खरिद गर्नुनपर्ने उहाँको भनाइ छ ।
◾ थप सामग्री : https://ehimalayatimes.com/2025/10/384428/?utm_source=nepalipatro&utm_medium=np_mobile&utm_campaign=np_news

images
प्रकाशित मिति :आश्विन २७, २०८२ सोमवार - ०९:०८:४० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology