Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको प्रधानमन्त्री ओलीद्वारा शिलान्यास 

सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको प्रधानमन्त्री ओलीद्वारा शिलान्यास 

इच्छाकामना न्युज

२०, फाल्गुण २०७७
सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको प्रधानमन्त्री ओलीद्वारा शिलान्यास 
images

सिन्धुली, २० फागुन । सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको आज शिलान्यास गरिएको छ । सिन्धुलीको कमलामाई नगरपालिकाको कुसुमटारमा एक कार्यक्रमबीच प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नु भएको हो ।

images
images

राष्ट्रिय गौरवको यो आयोजनाबाट १ लाख ८५ हजार बिगाहा क्षेत्रफलमा सिँचाई गरीने छ । पानी डाइभर्सन गरी विद्युत गृह बनाएर ३१ मेगावाट बिजुली उत्पादन गर्ने योजना भएकाले यसलाई बहुउद्देश्यीय आयोजना भनिएको हो । सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाका लागि सरकारले आर्थिक वर्ष २०७७/०७८ मा दुई अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरेको छ । करिब ४६ अर्ब लागतको यो आयोजना निर्माणका लागि १३ किलोमिटर सुरुङमार्गको निर्माणको डिजाइन सकिएको छ । अहिले बाँधस्थलको डिजाइनको पुनरावलोकन भइरहेको छ । 

यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई मधेस विरोधी भनेर रोकेपनि सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको पानी नरोक्न आग्रह गर्नु भएको छ ।

आयोजनाको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले मञ्चमा रहेका प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई संकेत गर्दै भन्नुभयो ‘मधेसमा केपी ओलीलाई पस्न नदिए पनि पानी नरोक्नुस् ।’ सुनकोशी कमला डाइभर्सनबाट अर्को १ लाख ७० हजार बिगाहा क्षेत्रफलमा सिँचाइ हुने भएपछि राजनीतिक दलले नभई मधेशका जनता आफैले स्वागतका लागि गेट बनाउने प्रधानमन्त्रीको भनाइ छ । 

images
प्रकाशित मिति :फाल्गुण २०, २०७७ बिहिवार - २०:१५:११ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology