Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

न्वागी पर्वको अवसरमा गोरखाको गण्डकीमा आइतबार सार्वजनिक बिदा

न्वागी पर्वको अवसरमा गोरखाको गण्डकीमा आइतबार सार्वजनिक बिदा

इच्छाकामना न्युज

२०, भाद्र २०८२
न्वागी पर्वको अवसरमा गोरखाको गण्डकीमा आइतबार सार्वजनिक बिदा

बनटार । चेपाङ जातिहरुको महान चाड (छोनाम) न्वागी पर्वको अवसर पारेर गण्डकी गाउँपालिकाले आउँदो आइतबार सार्वजनिक बिदा घोषणा गरेको छ । पालिकाले सार्वजनिक सूचना जारी गर्दै आगामि आइतबार पालिका अन्तरगतका कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्थाहरु बन्द हुने जनाएको छ ।

images

पालिकाको यही भदौ ६ गते बसेको गाउँकार्यपालिको बैठकले न्वागी पर्वको अवसरमा बिदा दिने निर्णय गरेको सूचनामा उल्लेख छ । अल्पसंख्यक अति सीमान्तकृत चेपाङ समुदायले हरेक बर्षको भदौ २२ गते सामुहिक रुपमा छोनाम मनाउँदै आएका छन् । ‘छोनाम’ चेपाङ समुदायको भाषिक शव्द हो । यसको अर्थ नेपाली भाषामा ‘न्वागी’ हो । न्वागी अर्थात नयाँ अन्नबाली भित्र्याएपछि उपभोग गर्नुअघि प्राकृतिक देउदेउता, पितृ र कुललाई चढाउने परम्परा छ ।

images
प्रकाशित मिति :भाद्र २०, २०८२ शुक्रवार - १३:२०:११ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology