गोरखा । गोरखामा एक महिला मृत अबस्थामा फेला परेकी छिन् । मंगलबार बिहान १० बजे गण्डकी गाउँपालिका वडा नं ८ वर्खेघाटस्थित त्रिशुली नदी किनारमा नुवाकोटको बिदुर नगरपालिका ८ खुर्सानी बस्ने ५१ वर्षकी उमादेवी भट्टको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक धु्रवप्रसाद शर्माले बताए ।
हाल घटनास्थलमा प्रहरी पुगिसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।







