Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

इजरायली आक्रमणमा हुथीका प्रधानमन्त्री मारिएको दाबी

इजरायली आक्रमणमा हुथीका प्रधानमन्त्री मारिएको दाबी

एजेन्सी

१५, भाद्र २०८२
इजरायली आक्रमणमा हुथीका प्रधानमन्त्री मारिएको दाबी
images

यमनको राजधानी सानामा इजरायली हवाई आक्रमणमा हुथी सरकारका प्रधानमन्त्रीको मृत्यु भएको यमनी समूहले दाबी गरेको छ । आक्रमणमा प्रधानमन्त्री मारिएपछि एक हुथी अधिकारीले इजरायल विरुद्ध बदला लिने चेतावनी दिएका छन्।

images
images

हुथी विद्रोहीहरूले एक विज्ञप्तिमा भनेका छन्, ‘सानामा भएको आक्रमणमा अहमद अलराहवी र अन्य मन्त्रीहरूसँगै मृत्यु भएको छ।’

इजरायली आक्रमणमा अन्य कति जना मन्त्रीहरू मारिए भन्ने कुरा हुथीहरूले खुलाएका छैनन्।

हुथीहरूको सर्वोच्च राजनीतिक परिषद्का प्रमुख महदी अल मशतले एक भिडियो वक्तव्यमा भनेका छन्, ‘हामी ईश्वर, प्रिय यमनी जनता र शहीद र घाइतेका परिवारलाई प्रतिज्ञा गर्छौं कि हामी बदला लिनेछौं र घाउहरूलाई विजयमा परिणत गर्नेछौं।’

इजरायलीले हुथी समूहविरुद्ध गरेको अभियानमा मारिने इरान समर्थित हुथी विद्रोहीहरूमा अल राहवी सबैभन्दा वरिष्ठ व्यक्ति हुन्।

images
प्रकाशित मिति :भाद्र १५, २०८२ आइतवार - ०७:३१:४७ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology