Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

आँबुखैरेनी नेवा: खल: को अध्यक्षमा पुन: सुरेन्द्र कुमार श्रेष्ठ चयन

आँबुखैरेनी नेवा: खल: को अध्यक्षमा पुन: सुरेन्द्र कुमार श्रेष्ठ चयन

इच्छाकामना न्युज

१२, भाद्र २०८२
आँबुखैरेनी नेवा: खल: को अध्यक्षमा पुन: सुरेन्द्र कुमार श्रेष्ठ चयन
images
आँबुखैरेनी, १२ भाद्र —नेवारी समुदायको सामाजिक संस्था आँबुखैरेनी नेवा: खल: को अध्यक्ष पदमा पुनः सुरेन्द्र कुमार श्रेष्ठ चयन भएका छन्। गणेश चौंथी (चथा पूजा) को अवसर पारेर सम्पन्न साधारण सभा तथा दोस्रो अधिवेशनले श्रेष्ठलाई पुन: अध्यक्षमा चयन गरेको हो।
 
संस्थाको नयाँ कार्यसमितिमा सम्झना श्रेष्ठ उपाध्यक्ष, रामचन्द्र श्रेष्ठ सचिव, र रेजिना श्रेष्ठ कोषाध्यक्षमा चयन भएका छन्। यस्तै, सदस्यहरूमा सुरज कुमार श्रेष्ठ, राजकुमार श्रेष्ठ, बिमला श्रेष्ठ, चिजा श्रेष्ठ, तारा श्रेष्ठ, रमा श्रेष्ठ, र बिष्णु श्रेष्ठ चयन गरिएको छ।
 
अध्यक्ष श्रेष्ठका अनुसार अधिवेशनकै अवसरमा आँबुखैरेनी नेवा: खल: का आजीवन सदस्यहरूलाई सदस्यता प्रमाणपत्र वितरण गरिएको थियो। साथै, २०८१ सालको एस.ई.ई. परीक्षा उत्तीर्ण गरेका नानीबाबुहरू तथा उनीहरूका अभिभावकलाई सम्मानपत्र र खादा लगाएर सम्मान गरिएको थियो।
 
नेवारी परम्परा र संस्कृतिको जगेर्ना गर्दै सामाजिक एकता सुदृढ गर्न संस्था क्रियाशील रहेको अध्यक्ष श्रेष्ठले बताए।

images
प्रकाशित मिति :भाद्र १२, २०८२ बिहिवार - १७:४६:०९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology