Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

रौतहटमा सुटकेसभित्र महिलाको शव फेला

रौतहटमा सुटकेसभित्र महिलाको शव फेला

इच्छाकामना न्युज

८, भाद्र २०८२
रौतहटमा सुटकेसभित्र महिलाको शव फेला
images

रौतहट ८ भाद्र । रौतहटमा सडकपेटीमा फालिएको सुटकेसभित्र महिलाको शव बरामद भएको छ। शनिबार राति १० बजे गौर–पिपरा सडकखण्डअन्तर्गत मुडवलबा मोडनजिक संदिग्ध सुटकेस फेला परेको थियो।

images
images

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख एसपी नेत्रमणी गिरिका अनुसार रस्सीले बाँधिएको अवस्थामा फेला परेको सुटकेस आइतबार बिहान खोल्दा भित्र महिलाको शव रहेको पाइएको छ। अपरिचित व्यक्तिले नामथर खुल्न नसकेको महिलाको हत्या गरी सुटकेसमा बन्द गरेर सडकपेटीमा फालेर फरार भएका छन्।

शव सुटकेसबाट प्रहरीको मुचुल्का टोलीले झिकेर पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौरमा लगिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी गिरिले जनाएका छन्।

images
प्रकाशित मिति :भाद्र ८, २०८२ आइतवार - ०८:२४:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology