Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

आँबुखैरेनीमा कुशे औंसीको अवसरमा १० जना वृद्ध बुवाहरू सम्मानित

आँबुखैरेनीमा कुशे औंसीको अवसरमा १० जना वृद्ध बुवाहरू सम्मानित

इच्छाकामना न्युज

७, भाद्र २०८२
आँबुखैरेनीमा कुशे औंसीको अवसरमा १० जना वृद्ध बुवाहरू सम्मानित
images

आँबुखैरेनी, ७ भाद्र । कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनको विशेष अवसर पारेर आँबुखैरेनीस्थित डाँडा टोल सुधार समितिले टोलभित्रका जेष्ठ नागरिक बुवाहरूलाई सम्मान गरेको छ।

images
images

समितिले आफ्नो टोलमा बसोबास गर्दै आएका १० जना वृद्ध बुवाहरूलाई फलफूल, विभिन्न खानेकुरा र ढाका टोपीसहित सम्मान स्वरूप प्रदान गरेको हो।

सो कार्यक्रम डाँडा टोल सुधार समितिका अध्यक्ष प्रकाश श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रम मार्फत समाजमा जेष्ठ नागरिकप्रतिको सम्मान र माया प्रकट गर्दै आगामी दिनमा यस्ता कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको थियो।

उक्त सम्मान कार्यक्रममा स्थानीय बासिन्दाहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।

images
प्रकाशित मिति :भाद्र ७, २०८२ शनिवार - १२:१५:०१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology