Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

आँबुखैरेनीमा चेपाङ समुदायका पहिलो विद्यार्थी अमृत प्रजाद्वारा १२ कक्षा उत्तीर्ण

आँबुखैरेनीमा चेपाङ समुदायका पहिलो विद्यार्थी अमृत प्रजाद्वारा १२ कक्षा उत्तीर्ण

इच्छाकामना न्युज

६, भाद्र २०८२
आँबुखैरेनीमा चेपाङ समुदायका पहिलो विद्यार्थी अमृत प्रजाद्वारा १२ कक्षा उत्तीर्ण

आँबुखैरेनी, ६ भाद्र । तनहुँको आँबुखैरेनी गाउँपालिका–५ खोलागाउँका अमृत प्रजा गाउँपालिकाको १०० % छात्रवृत्तिमा अध्ययन गर्दै रामशाह माध्यमिक विद्यालयबाट +2 (स्नातक पूर्व तह) उत्तीर्ण गर्न सफल भएका छन्।

images

चेपाङ समुदायबाट उक्त तहसम्म छात्रवृत्तिमा अध्ययन गरी सफल हुने उनी पहिलो विद्यार्थी हुन्। अमृत प्रजाको यो उपलब्धि सम्पूर्ण चेपाङ समुदाय र गाउँपालिकाका लागि प्रेरणादायक एवं गौरवको विषय भएको गाउँपालिकाले जनाएको छ। आज शुक्रबार गाउँपालिका अध्यक्ष शुक्र चुमान र अमृत प्रजाबीच गाउँपालिकामा विशेष भेटघाट सम्पन्न भएको छ।

भेटको क्रममा अध्यक्ष चुमानले अमृतको आगामी उच्च शिक्षाको बाटो सहज बनाउन आवश्यक सम्पूर्ण सहयोग र पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। भेटका क्रममा चेपाङ, भुजेल लगायत सिमान्तकृत समुदायमा शिक्षाको पहुँच विस्तार गर्ने रणनीतिहरू, छात्रवृत्ति प्रणालीलाई अझ प्रभावकारी बनाउने उपायहरू, तथा समावेशी विकास प्रक्रियामा ती समुदायहरूको सहभागिता सुनिश्चित गर्ने योजनाहरूका विषयमा समेत विस्तृत छलफल भएको थियो।

गाउँपालिकाले आगामी दिनमा सिमान्तकृत समुदायका छात्रछात्राहरूलाई लक्षित गर्दै शिक्षामैत्री कार्यक्रम सञ्चालन गर्ने तयारी गरिरहेको जनाएको छ।

images
प्रकाशित मिति :भाद्र ६, २०८२ शुक्रवार - १९:२५:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology