Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

भरतपुर महानगरद्वारा ८ बर्षमा १ हजार ६५० किलोमिटर सडक कालोपत्रे गर्न सफल

भरतपुर महानगरद्वारा ८ बर्षमा १ हजार ६५० किलोमिटर सडक कालोपत्रे गर्न सफल

इच्छाकामना न्युज

४, भाद्र २०८२
भरतपुर महानगरद्वारा ८ बर्षमा १ हजार ६५० किलोमिटर सडक कालोपत्रे गर्न सफल

चितवन, भदौ ४ गते । भरतपुर महानगरपालिकाले आठ वर्षको अवधिमा एक हजार ६५० किलोमिटर सडक कालोपत्रे गर्न सफल भएको छ ।

images

महानगरले उज्यालो भरतपुर अभियान अन्तर्गत २३० किलोमिटर मुख्य सडक क्षेत्रमा स्मार्ट लाइटसमेत जडान गरिरहेको छ । महानगर प्रमुख रेनु दाहालका अनुसार विकासको पहिलो आधार नै सडक सञ्जाल भएकाले सडकलाई प्राथमिकतामा राखिएको हो ।

उहाँले आफ्नो पहिलो कार्यकालको पाँच वर्षमा ६२२ किलोमिटर सडक कालोपत्रे गरेको र दोस्रो कार्यकालको तीन वर्षमा थप ४४२ किमी सडक कालोपत्रे गर्ने काम सम्पन्न गरिएको बताउनुभयो । पछिल्लो समय सडककै कारण महानगरका सबै वडामा आवागमनमा सहजता भएको छ ।

केही वर्षयता भौतिक विकाससँगै मानवीय विकासतर्फ महानगरले पाइला चालेको दाहालले बताउनुभयो । उहाँले भन्नुभयो, “भरतपुरको विकासका बारेमा मलाई बोल्न नलगाउनुहोस् । जो, जसले भरतपुरबारे चासो राख्छ, उसैलाई सोध्दा हुन्छ यहाँको विकासका बारेमा । कुनै समय यस्तो पनि थियोभन्दा अचम्म मान्नुपर्ने हुन्छ, गीतानगरको मानिस मेघौली जान चौबिसकोठी आउनुपर्ने अवस्था थियो ।” अहिले भने अवस्था फेरिएको छ ।

भरतपुरको १ देखि २९ वडासम्म आधा घण्टामा पुग्न सकिन्छ । पक्की सडक सञ्जालले सबै स्थानलाई जोडेको छ । महानगरसँगै यहाँ सङ्घ र प्रदेश सरकारमार्फत झन्डै दुई सय किमी सडक कालोपत्रे गरिएको छ । पूर्वपश्चिम राजमार्गको नारायणगढ–पुलचोकदेखि गोन्द्राङसम्मको छ किलोमिटर सडक निर्माण पूरा भइसकेको छ । केन्द्रीय बस टर्मिनलदेखि आँपटारीसम्मको बाइपास सडकमा स्मार्ट लाइटिङ र हरियालीसहित सौदर्यीकरण गरिएको छ ।

पहिलो चरणको स्मार्ट लाइटको काम ८० किलोमिटरमा सम्पन्न भइसकेको र थप १५० किलोमिटरमा काम भइरहेको छ । महानगरले सडकका ठुला र महìवपूर्ण चोकमा हाइमास्ट र अन्य चोकमा मिनी हाइमास्ट लाइटको व्यवस्था गरेको छ ।

भरतपुरको पुलचोकदेखि गोन्द्राङसम्म, बाइपास सडक, हुलाकी सडक, चव्रmपथ निर्माणका लागि सङ्घीय सरकारसँगको पहलमा निर्माण भएको हो । महानगरभित्र मङ्गलपुर–शिवनगर, पार्वतीपुर–शुव्रmनगर हुँदै तेलौलीसम्मको २१ किलोमिटर सडक सङ्घीय सरकारको बजेटमा निर्माण भएको छ । महानगरको चव्रmपथ ८८ किलोमिटर छ ।

images
प्रकाशित मिति :भाद्र ४, २०८२ बुधवार - ०९:२९:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology