Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

पठन संस्कृतिमा ‘यात्राको सुवास’ विमोचन

पठन संस्कृतिमा ‘यात्राको सुवास’ विमोचन

इच्छाकामना न्युज

३, भाद्र २०८२
पठन संस्कृतिमा ‘यात्राको सुवास’ विमोचन

नारायणगढ, भदौ ३ गते । पठन संस्कृतिका १६ औँ शृङ्खलामा कविवर गोविन्दराज विनोदीको भ्रमण काव्य ‘यात्राको सुवास’ विमोचन गरिएको छ । यात्राको सुवास कविता, काव्य, बालसाहित्य, गजल र समालोचना विधामा विनोदीको २१ औँ कृति हो ।

images

उहाँका माहाकाव्य र खण्डकाव्य पनि प्रकाशनमा आइसकेका छन् । २०२१ सालदेखि निरन्तर सिर्जनामा लाग्नुभएका कवि विनोदीका हजारौँ फुटकर कविता, गजल, गीत, हाइकु, बालकविता, बालगीत, निबन्ध पनि प्रकाशनमा रहेका छन् । यात्राको सुवास भारत भ्रमणका सम्बन्धमा रचिएको कृति हो ।

यसको गैँडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारी र कवि तथा सञ्चारकर्मी डा. नवराज लम्सालले संयुक्त रूपमा विमोचन गर्नुभएको हो । सो अवसरमा बोल्दै कवि तथा सञ्चारकर्मी डा. नवराज लम्सालले कवि विनोदी युगकै चेतनाको दियो भएको बताउनुभयो । “विनोदी गुरु यो युगकै चेतनाको दियो हुनुहुन्छ । उहाँले देखाएको गोरेटोमै अहिलेको काव्य अझै भन्नुपर्दा छन्दीय कविता अगाडि बढेका छन्,” उहाँले भन्नुभयो ।

भारत भ्रमणका सम्बन्धमा छन्दीय रूपमा लेखिएको यात्राको सुवास कृति आफैँमा अब्बल रहेको पनि उहाँको धारणा छ । गैँडाकोट र यस आसपासका क्षेत्रमा पछिल्लो समय बढ्दै गएको पठन संस्कृतिको उहाँले खुलेरै प्रशंसा गर्नुभयो । “पठन संंस्कृति यस्तो अभियान हो, जसले नागरिकको चेतनाको स्तर बढाउँछ,” उहाँले भन्नुभयो । गैँडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारीले गैँडाकोटमा सुरु भएको पठन संस्कृतिलाई नगरपालिकाको सधैँ सहयोग र सहकार्य रहने बताउनुभयो ।

कविवर विनोदी हाल अर्बुद रोगका कारण बिरामी हुनुभएकाले उहाँको स्वास्थ्यलाभको कामना पनि गर्नुभयो । कविवर विनोदीले आफ्ना रचनालाई पाठकले मन पराइदिएकोमा धन्यवाद व्यक्त गर्नुभयो । सो कार्यव्रmममा धुव्र पौडेलले डा. जीवन क्षेत्रीको नुनतेल, सुदीप चापागाईंले हरिवंश रायवचनको मधुशाला, उदय अधिकारीले सुतपुत्रलगायतका कृतिको समीक्षा गर्नुभएको थियो ।

यसै गरी कवि विष्णु पन्थी, विद्यानिर्दोश पहाडी, मुना धनन्जय, योगेन्द्रप्रसाद ढुङ्गाना, पवन भुजेल, प्रेम कँडेल, एकदेव रिमाललगायतले आआफ्नो रचना वाचन गर्नुभएको थियो ।

images
प्रकाशित मिति :भाद्र ३, २०८२ मंगलवार - ०९:२२:०७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology